Comments Add Comment

नेयमारले जिते सम्बा गोल्ड अवार्ड

Neyamar

१८ चैत, काठमाडौं । बार्सिलोनाका सुपरस्टार नेयमार युरोपियन फुटबल खेल्ने उत्कृष्ट ब्राजिलियन फुटबलर घोषित भएका छन् । उनले साम्बा गोल्ड अवार्ड जितेका छन् ।

साम्बाफुटले १ लाख ५० हजार भोट र पूर्व खेलाडी र पत्रकारको मतका आधारमा युरोपमा फुटबल खेल्ने ब्राजिलियनहरु मध्ये एक जनालाई यो अवार्ड दिँदै आएको छ ।

सन् २०११ देखि लगातार तीन वर्ष थिएगो शिल्भाले साम्बा गोल्ड अवार्ड जितेका थिए ।

२३ वर्षका नेयमारले यो एथ्लेटिको मड्रिडका मिरान्डा र गालाटासरेका फिलिप मेलोलाई पछि पार्दै साम्बा गोल्ड अवार्ड जितेका हुन् । यो सिजन नेयमारले बार्सिलोनाका लागि २६ गोल गरेका छन् ।

पहिलो पटक २००८ मा काकाले यो अवार्ड जितेका थिए । २००९ मा लुइस फानिन्नो र २०१० मा माइकोनले साम्बा गोल्ड अवार्ड जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment