Comments Add Comment

सभापति पदमा उम्मेदवारी दिन्छु : सुजाता

१८ चैत, विराटनगर । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू सभापतिको पदमा उठ्न तयार रहेको बताएकी छन् । सुशील कोइराला सभापति पदमा नउठे आफूले सो पदमा उम्मेदवारी दिने उनले बताइन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल प्रेस युनियन मोरङले बुधबार बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भनिन्, ‘सभापति सुशील कोइराला ज्यू नउठेको खण्डमा म उठ्छु, मेरो उम्मेदवारी महिलाको सशक्तीकरणका लागि हुन्छ ।’

मुलुक संघीयतामा गइरहेको अवस्थामा पार्टीभित्र नयाँ नेतृत्वको विकास आवश्यक रहेको उनले बताइन् । त्यसकालागि थुप्रै समावेशी पद सिर्जना गर्नुपर्ने उनको धारणा छ ।

एक फरक प्रसंगमा कोइरालाले अहिले पनि सहमतिका लागि प्रर्याप्त समय रहेकाले एमाओवादीलगायतका दललाई लचिलो हुन आग्रह गरिन् । गणतन्त्र, धर्मनिरपेक्षलगायतका विषयमा निर्णय भइसकेकाले यसबाट कोही पनि पछि हट्न नसक्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment