Comments Add Comment

आइएलएफसिओ लघुवित्तको चार लाख कित्ता साधारण सेयर निष्काशन

ILFCO-logo2-small१८ चैत काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित दरका चार लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।

मंगलबारदेखि निष्काशन भएको उक्त साधारण सेयर छिटोमा शुक्रबार बिक्री बन्द हुने निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

सर्वसाधारण सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा हाल आइएलएफसि वित्तीय संस्थाको ५१ प्रतिशत, पर्शुराम कुँवर क्षेत्री, प्रतापजंग पाण्डे समुहको ९ प्रतिशत प्रवर्द्धक सेयर छ ।

चावहिलमा मुख्य कार्यालय रहेको काभ्रे र सन्धिुपाल्चोकमा गरी २ शाखा छन । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment