Comments Add Comment

हाक्काहाक्की लिएर आउँदैछन दमन रुपाखेती

damanहाँस्य कलाकार दमन रुपाखेती दर्शकलाई पेट मिची-मिची हँसाउने अभियानमा छन् । उनले बनाएको नयाँ हाँस्य कार्यक्रम शनिबारदेखि नेपाल टेलिभिजनवाट  प्रशारण हुने भएको छ ।

समाजमा देखिएका बिकृति विसंगतिलाई प्रस्तुत गर्ने योजनामा रहेका दमनले आफ्नो कार्यक्रम नेपाली दर्शकलाई मन पर्ने दाबी गरे ।

‘हाक्काहाक्की’ नाम रहेको कार्यक्रममा दमन रुपाखेती, सुजित थापा, राम थापा, राजु कमेडी, राजु भुजु, राजन चौलागाईं, मणिराज काफ्ले, उमेश कुमार केसी, कमला रेग्मी अर्याल, राधा श्रेष्ठ, कविता शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

दमनकै लेखन निर्देशन रहेको रहेको यो कार्यक्रम हरेक शनिवार बेलुका एक घण्टा प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment