Comments Add Comment

मोरङको टंकीसिनुवारीमा यात्रुबाहक बस जुध्दा २ को मृत्यु

१८ चैत, मोरङ । मोरङमा दुई यात्रुबाहक बस जुध्दा दुई जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत मोरङको टंकीसिनुवारी ६ स्थित हात्तिमुढामा दुर्घटना भएको हो । उदयपुरको बेलटारबाट विराटनगर आउँदै गरेको को १ ख ४१९० नम्बरको बस र विराटनगरबाट संखुवासभाको खाँदबारी जाँदै गरेको को १ ख ३८०५ नम्बरको बस ठोक्किएका थिए ।

मृतकको परिचय खुल्न सकेको छैन । घाइतेहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment