Comments Add Comment

पर्यटकीय राजधानी मध्यपश्चिममा पुग्दैनन् पर्यटक

SONY DSC
भरतबन्धु थापा
१८ चैत, सुर्खेत । मध्यपश्चिमका पर्यटकीय स्थलको प्रचार-प्रसार तथा प्रवर्द्धनमा राज्यले उचित ध्यान नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि राज्यले पूर्वाधार विकासमा ध्यान नदिँदा अपेक्षित पर्यटक आउन नसकेको उनीहरुको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य टेकबहादुर भण्डारीले मध्यपश्चिमका पर्यटकीय सम्भावना भएपनि राज्यको नजरमा पर्न सकेको बताए । ‘यस क्षेत्रका पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटोदेखि खाने बस्ने ठाउँ भएमा प्रशस्त पर्यटक भित्राउन सकिन्छ’ उनले भने- ­’यसतर्फ न राज्यको ध्यान गएको देखियो, न त व्यवसायीको नै ।’

मध्यपश्चिमको पर्यटन विकासमा राज्य नलागे व्यवसायी राज्यको मुख ताकेर बस्न नहुने व्यवसायीहरुको भनाई छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीले नेपालका गौरव गर्न लायक राराताल, फोकसुण्डो, काँक्रेबिहार, दैलेखको पञ्चकोशी, बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्धारी लगाएतका दर्जनौं पर्यटकीय स्थलहरु रहेको बताए ।

Sorgadwari

यहाँका पर्यटकीय स्थलहरुमध्ये रारा, स्वर्गद्धारी, बर्दिया राष्टिय निकुञ्जमा केही मात्रामा भएपनि स्वदेशी तथा विदेशी पर्यटक आउने भएपनि अन्य क्षेत्रहरु भने ओझेलमा परिरहेका छन् ।

धार्मिक हिसाबले हेर्ने हो भने दैलेखको पञ्चकोशी शिरस्थान, नाभिस्थना, पादुका, धुलेश्वर, कोटिला, सिद्धेश्वर महादेव चर्चामा रहेका छन् । सतीदेवीको मृत शरीरको शिर खसेको ठाउँलाई शिरस्थान, नाभि खसेको ठाउँलाई नाभिस्थान, धुलो उडेको ठाउँलाई र पाउ खसेको ठाउँलाई पादुका भन्ने गरिएको हो ।

‘पर्यटक आएर मात्र हुँदैन्, त्यहाँसम्म पुर्‍याउन पूर्वाधारको विकास गर्नु जरुरी छ’ दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्मा लम्साल भन्छन् ।

phoksundo tal1

पाँच पाण्डवहरु प्यूठानको स्वर्गद्धारी हुँदै स्वर्ग गएको जनविश्वासका आधारमा त्यसलाई स्वर्गद्धारी भन्ने गरिएको हो । यहाँ नेपाली भन्दा भारतीय धार्मिक पर्यटकहरु पुग्ने गरेका छन् ।

होटल भ्याली भ्यू सुर्खेतका सञ्चालक तर्क बहादुर शाहीले सुर्खेतमा एयरर्पोट विस्तार गरेर पर्यटक भित्राउन लाग्नुपर्ने बताए । स्थानिय व्यवसायी र राज्यले उचित ध्यान दिएर पर्यटन प्रवर्द्धनमा लागे मध्यपश्चिमको पर्यटनमा कायपलट हुनेमा उनी विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment