Comments Add Comment

सलमानको ‘जुम्मे कि रात’को नक्कलमा यस्तो बन्यो ‘मखमली’ गीत (भिडियोसहित)

makhamali-geet
चर्चामा आउनका लागि नेपाली कलाकार के सम्म गर्दैनन् । चर्चामा आउनका लागि कहिले अंगप्रदर्शन गर्ने त कहिले विदेशी चलचित्रको कपी गर्ने । यस्तै, चर्चाबाट पछि हट्न सकेकी छैनन् कलाकार शुभेच्छा थापा । यसअघि उनले बनाएको चलचित्र ‘मिस नेपाल’को प्रचारका लागि शुभेच्छाले बक्षस्थललाई माछाले छोपेकी थिइन् । त्यो समयमा उनको आलोचना र चर्चा दुबै भएको थियो ।

अहिले फेरि, शुभेच्छाले निर्माण गरेको नयाँ चलचित्र ‘मखमली’को प्रचारका लागि एउटा गीत तयार पारिएको छ । यो गीतको भिडियो बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘किक’को ‘जुम्मे कि रात हे’बोलको गीतको भिडियो जस्तो छ । सलमान खानको गीतको भिडियोबाट साभार गरिएको कुरालाई निर्देशक राजु गिरीले पनि स्विकार गरेका छन् ।

शुभेच्छाको नै मुख्य भूमिका रहेको चलचित्रको ‘यो यो दुर्गिस थापा’ बोलको गीत प्रचारकै लागि निर्माण गरिएको प्रष्ट छ । तिजको अवसर पारेर प्रदर्शनमा आउने यो चलचित्रले नारीको कथा बोलेको छ । तर, चलचित्र चलाउनकै लागि बलिउड र्‍यापर हनी सिंह र नायक सलमान खानको चलचित्रको गीतबाट कपी गर्नु, कतीसम्म तर्कसंगत होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment