Comments Add Comment

डाक्टरको हड्तालले विरामीको बिचल्ली (फोटो कथा)

patient in Bir Hospital

१८ चैत, काठमाडौं । उपचार गर्ने डाक्टरहरु नै हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पताल गएका विरामी र तीनका आफन्तहरुको बिचल्ली भएको छ ।

नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गराउन नेपाल चिकित्सक संघको आह्वानमा देशभरका निजी तथा सरकारी अस्पतालका ओपिडी सेवा बन्द छन् ।

doctor on strick (4)

निजी अस्पतालमा बन्दको प्रभाव नपरे पनि गरीव जनताको पहुँचमा रहेका सरकारी अस्पतालहरुको आकस्मिक बाहेक सबै सेवा बन्द भएपछि विरामीको बिचल्ली भएको हो ।

doctor on strick

अनलाइनखबरकर्मी देशकै जेठो र ठूलो सरकारी अस्पताल वीर अस्पतालमा पुग्दा बिभिन्न ठाउँबाट उपचारका लागि आएका विरामी अस्पताल परिसरमै अलपत्र थिए ।

doctor on strick (1)

‘एउटा व्यक्तिको माग पूरा गराउन गरीवको उपचार नै रोक्नु डाक्टरको पेशाले दिन्छ ?’ वैशाखीको सहारामा वीर अस्पताल पुगेका एक विरामीले भने, ‘हामीले के अपराध गरेका थियौं र सजाय दिएका ?’

doctor on strick (11)

टिकट काट्ने ठाउँमा विरामीको लाइन लागे पनि उनीहरुले सेवा पाउन सकेनन् । कतिपय विरामी र तीनका आफन्त काठमाडौंमा खाने बस्ने ठाउँ समेत नभएको र अस्पतालले भर्ना नलिएको भन्दै बन्दो बस्तीका सामान सहित अस्पताल परिसरमै बिलौना गरिरहेका थिए ।

doctor on strick (10)

doctor on strick (2)
doctor on strick (7) doctor on strick (8) doctor on strick (9)doctor on strick (12)

doctor on strick (3) doctor on strick (6)

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment