Comments Add Comment

गच्छदारले भने-आमहड्ताल गर्नु हुँदैन

१८ चैत, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विपक्षी गठबन्धनको मोर्चाले संविधानसभा छाड्न नहुने बताएका छन् । गच्छदारले आमहड्ताल गरेर जनतालाई दुःख दिनुभन्दा वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा समेत जोड दिए ।

Bijaya-Kumar-Gachhadarएमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा आबद्ध गच्छदारले बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै संविधानसभा छाडेर सडकमा जाँदैमा उपलब्धि हात नलाग्ने बताए ।

३० दलीय मोर्चाका संयोजक प्रचण्डले सरकार सहमतिको आधारमा अघि बढ्न तयार नभए संविधानसभा छाड्ने अवस्था आउने भनेर चेतावनी दिएकोबेला गच्छदारको यस्तो भनाइ आएको हो ।

गच्छदारले भने, ‘संविधानसभाबाटै संविधान बनाउनुपर्छ र देशमा जारी गतिरोध अन्त्य गर्नुपर्छ । संविधानसभा असफल भए सबै राजनीतिक दल असफल हुन्छन् ।’

आफूहरुलाई नेपाली जनताले संविधान निर्माण गर्न चुनेर संविधानसभामा पठाएकाले संविधानसभा छाड्नु भनेको जनताको मतलाई अपमान गर्नु सरह हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment