Comments Add Comment

अग्निपीडितलाई सहयोग गर्न एनआरएन कोरियाको अपील 

Taplejung-aaglagiसउल । ताप्लेजुङ्  र सप्तरी जिल्लाका आगलागीपीडितलाई आर्थिक सहयोग गर्न एनआरएन कोरियाले अपील गरेको छ ।

एनआरएन आइसीसी कोरिया, प्रतिनिधि केपी सिटौला, एनआरएन  कोरिया अध्यक्ष विनोद कुवँर र माहासचिव प्रकाश धमलाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी सहयोगको अपील गरेका हुन ।

ताप्लेजुङ् जिल्लाको सदरमुकाम फुङलिंङ र सप्तरी जिल्लाको कंचनपुरमा भीषण आगलागीबाट भएको मानवीय क्षति तथा करोडौंको  नोक्सानप्रति गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद तथा एनआरएन  कोरिया  गहिरो दुःख प्रकट गर्दै सहयोगका लागि सबै नेपालीहरुमा अनुरोध गर्दछ– विज्ञप्तिमा भनिएको छ ।

यसैगरी जारी विज्ञप्तिमा कोरियामा रहेका संस्था तथा सम्पूर्ण नेपालीहरूलाई तत्कालै लागू हुने गरी एनआरएन नेपाल हाउसको नामामा रहेको  खाता नम्बर ४०८८०१०१२५०२४९  (कुकमिन बैङ्क)मा रकम जम्मा गर्न सकिने जनाएको छ ।
आगामी अप्रिल २५ तारिखसम्म जम्माभएको रकम पत्रकार सम्मेलनमा सार्वजनिक गरी समन्धित ठाउमा पठाईने एनआरएन कोरियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment