Comments Add Comment

मेगा बैंकले ल्यायो आकर्षक निक्षेप योजना

mega bank१८ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा धमाका बोनान्जा मुद्दति खाता संचालनमा ल्याएको छ । यो योजना अन्र्तगत ६५ दिने र १ सय २० दिने गरी दुइ वटा अफर छन् ।

६५ दिने मुद्दति खातामा ६ प्रतिशत बाषिर्क ब्याजको रकम ६५ दिनमा भुक्तानी दिने बैंकले जनाएको छ । त्यसैगरी, १ सय २० दिने मुद्दति खातमा ६.५ प्रतिशत बाषिर्क ब्याजको भुक्तानी १२० दिनमा दिने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मुद्दति निक्षेपको अवधि समाप्तीसँगै सांवा तथा ब्याजको रकम आफ्नो ब्याज आर्जित खातामा स्वतः जम्मा हुने र न्यूनतम मौज्दात दुई लाख रुपैंया रहेको यो योजना व्यक्तिगत खाताका लागि लागू हुने बैंकले जनाएको छ ।

त्यस्तै,, ग्राहकले निःशुल्क रुपमा एससीटी डेबिट कार्ड, चेकबुक, अनलाइन बैंकिङ सुविधा, एकाउन्ट स्टेटमेन्ट, एबीबीएस सुविधा प्राप्त गर्न सक्नेछन् । यस खाता खोल्ने ग्राहकले निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा पाउनेछन् ।

यो खाता मेगा बैंकको देशभर छरिएका २८ वटा शाखाबाट खोल्न सकिनेछ । “हलोदेखि हाइड्रोसम्म” लाई मुख्य नारा बनाएको मेगा बैंकले आगामी दिनमा पनि यस्तै लोकपि्रय खाता संचालनमा ल्याउने जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment