Comments Add Comment

सुन्तलीलार्इ नभेटी कसरी बनिन् शिल्पा ‘हवल्दार सुन्तली’ ?

चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हवल्दार सुन्तली’का निर्देशक ऋषि लामिछाने र यसकी मुख्य नायिका शिल्पा पोख्रेलविच एक बिषयलाई लिएर असन्तुष्टी देखिएको छ ।

यो असन्तुष्टीको बिषय हो, चलचित्रमा समावेश एक पात्रको । यो चलचित्र हवल्दार सुन्तली धामीको जिवनीमा आधारित रहेर तयार पारिएको छ । आफ्नै सहकर्मीर्हरुबाट बलात्कृत भएकी सुन्तली धामीको घटनालाई छोएर चलचित्र निर्माण गरिएको छ । नायिका शिल्पा पोख्रेलले सुन्तली धामीकै भूमिका निर्वाह गरेकी छिन् ।

shilpa-and-risi

अनलाइनखबरसँग कुरा गर्दै नायिका शिल्पा पोख्रेलले आफू सुन्तली धामीको भूमिकामा देखिएतापनि उनलाई नभेटेको बताइन् । जुन व्यक्तिको भूमिका तपाई गर्दै हुनुहुन्छ, उहाँलाई नभेटी तपाइले कसरी उनलाई न्याय गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा शिल्पाले भनिन्-‘मैले निर्देशकसँग सुन्तली धामीलाई भेट्छु भनेकी थिएँ ।

तर, निर्देशकले कहिले समय भएन न त कहिले के भनेर भेटाउनु भएन ।’ निर्देशक लामिछानेले सेटमै आएर आफूलाई सुन्तलीको लवज र बोलाइको बारेमा बताएको र आफूले अभिनय गरेको शिल्पाले अनलाइनखबरसँग खोलिन् ।

तर, यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्देशक लामिछानेले शिल्पालाई भेटाउनु आवश्यक नभएकाले नभेटाएको बताए । उनले भने-‘हामीले सुन्तली धामीको बायोग्राफीमा चलचित्र बनाएका होइनौ । उनको जिवनमा घटेको एउटा घटनालाई चलचित्रमा उठान मात्र गरेका हौं । जसका कारण पनि शिल्पालाई सुन्तली धामीसँग भेटाउनु आवश्यक थिएन ।’

निर्देशकले सुन्लती धामीसँग नभेटाएकोमा नायिका शिल्पा पोख्रेल केही असन्तुष्ट देखिएको प्रष्ट छ । यसको प्रभाव चलचित्रमा पर्छ या पर्दैन भोली ‘हवल्दार सुन्तली’ प्रदर्शनमा आएपछि मात्र थाहा होला । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment