Comments Add Comment

यस्तो छ एमाले नेता नेपाल र डा. केसी समर्थकको जुहारी

Madhav nepal At teaching hospital

१८ चैत, काठमाडौं । निजी कामका क्रममा त्रिवि शिक्षण अस्पतालको इएनटी विभाग पुगेका एमाले नेता माधवकुमार नेपाल फर्कने क्रममा विद्यार्थीहरुबाट घेरिए ।

नेपाल बाहिरिने क्रममा सिडीबाट ओर्लँदै गर्दा ११ दिनदेखि आमरन अनसनमा रहेका डा. गोविन्द केसीको समथर्नमा रहेका विद्यार्थीहरुहरुले नेपालले घारे ।

त्यसक्रममा एमाले नेता नेपाल र विद्यार्थीहरुबीच जुहारी नै चलेको छ । विद्यार्थीहरुले सम्बधन नदिए संविधानसभा चल्न नदिने धम्की दिएको तर, केसीको अनसनबारे नबोलेको बताएपछि जुवारी सरू भएको थियो ।

नेपाल– वीपी कोइरालाको प्रशंसा गर्ने हो भने पुष्पलालको तपाई विरोध गर्न पाउनु हुन्न । हामी पुष्पलालका अनुयायीहरु छौं, पुष्पलालको विरोध गर्न पाइन्छ ? मनमोहनको विरोध गर्न पाइन्छ ? हामीले सुन्यौं, मैले सुनेको छु, मनमोहनको नाम फेर्नुस् । अनि सम्वन्धन दिन्छु ।

नेपालको पछाडि रहेका विद्यार्थीहरु मध्ये एकले भने- तर डा. केसीले त भन्नु भएको छैन ।

माधव नेपाल (पछाडि फर्कँदै) – उहाँले भन्नु भएको छैन ।

विद्यार्थी– हामीले पनि भनेका छैन नि

अरु विद्यार्थीहरु पनि कराए, त्यो हामीले भनेका छैनौं….

त्यसपछि नेपालले हात उठाएर हल्ला नगर्न आग्रह गरे । विद्यार्थीहरुले नेपालमाथि प्रश्न गरे, राजनीतिकरण गर्न खोज्नु भएको हो ?

माधव नेपाल – तपाई को हो ?

जवाफ– म विद्यार्थी

नेपाल (औंला ठ्याउँदै)- विद्यार्थी हो भने तपाईले भे बुझ्नु पर्‍यो भने तपाई निश्पक्ष ढंगले चल्नुपर्‍यो । डा. गोविन्द केसीको केस आफ्नो ठाउँमा करेक्ट छ । तर, अर्कोतर्फ सम्बन्धन पाउनु पर्नेका कतिपय केसहरु पनि केस वाइज हेरिनुपर्छ । यो अनावश्यक तन्काएर लाने, पोल्टिसाइज गर्ने कुरा ठिक होइन ।

एकतिर उहाँको स्वास्थ्यमा खतरा पैदा भएको छ । अर्कोतिर यो समस्यामा देश परेको छ ।

(एक विद्यार्थीले भने देशकै स्वास्थ्यमा खतरा छ त … )

त्यसो भएको हुनाले यसलाई राम्ररी हल गर्ने काम गर्नुपर्छ । र, जतिपनि माफियाहरु छन् क्रियाशील । त्यसकिसिमको माफियालाई तोड्न काम पनि गर्नुपर्छ । त्यसमा मेरो पुरा साथ रहन्छ ।

करप्सन कन्ट्रोल गर्ने कुरामा, अनियमितालाई रोक्ने कुरामा, क्वालिटी एजुकेशनको कुरामा ।

विद्यार्थी– चप्पल लगाएर हिड्ने सभासदले कसरी कमायो यत्रो पैसा ?  हुलबाट अर्को प्रश्न आयो राजेन्द्र पाण्डेलाई के गर्न सक्नुहुन्छ ?

यद्यपि विद्यार्थीका केही अगुवाले प्रश्नकर्ताहरुलाई रोके ।

विद्यार्थी (अगुवा मध्येका एक)- तपाईले राजनीतिकरणको कुरा गर्नु भो । १४६ सभासदको कुरा गर्ने पार्टीले राजनीतिकरण गर्‍यो कि सर अनसन बस्दा हामी विद्यार्थीले आन्दोलन गर्दा ?

यो प्रश्न लगतै विद्यार्थीहरुले हुटिङ गरे ।

नेपाल- कहाँ के १४६ सभासद ?

विद्यार्थी– एमाले सांसदहरुले मनामोहनले सम्वन्धन पाउनु पर्‍यो भनेर उफि्ररहँदा पोलिटिसाइज भयो कि केसी सभासद अनशन बस्दा ?
नेपाल-मनमोहनले पाउनु हुँदैन भन्ने मान्यता के ? जवाफ दिनुस् त मलाई ।

अर्का विद्यार्थी (विद्यार्थीहरु मध्ये एक) – हाम्रो छैन ।

नेपाल–  नम्बर १ के कारणले नपाइने ?

विद्यार्थीहरुले भने काठमाडौंमा मात्र खोल्न पाइँदैन …

नेपाल– तपाईले अरु मेडिकल कलेजलाई सम्बन्धन दिँदा नीति चाहिँ नचाहिँने । देवदहलाई दिँदा नचाहिने । मनमोहनलार्इ दिन चाहिने ?

विद्यार्थीहरुले एक स्वरमा भने हामी स्वास्थ्य नीति बनेपनि भनेका हौं ।

नेपाल- हामीलाई लाग्छ कि यहाँ राजनीति घुसेको छ । मनमोहनजीको नामप्रति विरोध भएको छ भने हामीलाई आपत्ति छ ।
विद्यार्थीहरु … नाममा होइन, होइन …

नेपाल– सुन्नुस् । यदि क्वालिटी मेन्टेन गरेको छैन भने त्यसले पाउनु हुँदैन । चाहे त्यो मानमोहनको नाममा होस्, वीपीको नाममा होस् । गिरिजाको नाममा होस् । जसले मिनिमम रिक्वायरमेन्ट पुरा गरेको छैन भने त्यो कसैले पनि पाउनु हुँदैन ।

विद्यार्थी – तपाईले डा. केसीको मागको चौथो नम्बरको बुँदा हेर्नुहोला । देवदह र विराटको सम्बन्धन खारेज हुनुपर्छ भनेको छ ।

नेपाल– मैले गोविन्द केसीलाई केही आरोप लगाएकै छैन ।

विद्यार्थीहरु सरले मनमोहनको मात्र विरोध गर्नु भएको होइन …. तपाईहरु आफैंले राजनीतिकरण गरिरहनु भएको छ … नेता ठूलो कि जनता …
नेपाल– जे भनेपनि मनमोहनको नाम किन जोड्नुहुन्छ तपाई ?

विद्यार्थीहरु– हामी उहाँ (डा. केसी) कै मुद्दाका लागि लडेका हौं । उहाँकै सेना हो हामी

नेपाल-गोविन्द केसीसँग मौका मिल्यो भने म पनि बहस गरौंला ।

विद्यार्थी-एक दिन होइन, अहिले नै गर्नुपर्छ । ११ दिनसम्म के हेरेर बस्नुभयो ?

नेपाल-…..सम्वादबाट हल गर्नुपर्छ ।

नेपाल यति भन्दै अघि बढ्न खोजे । तर, विद्यार्थीहरुले राजनीतिकरण कसले गरेको भन्ने प्रश्नको जवाफ मागे । नेपाल सुरक्षाकर्मीको घेरामा अघि बढ्दै गर्दा केही विद्यार्थीले राजेन्द्र पाण्डेलाई कारबाही गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरे ।

केही अघि बढेका एमाले नेता नेपाल फर्किएर केही जवाफ दिए । तर, सुनिएन ।

नेपाललाई सुरक्षाकर्मीले गाडी भएको स्थानतर्फ लगेपछि विद्यार्थीहरुले एमालेका साथै नेता नेपाल र पाण्डेका विरुद्ध नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment