Comments Add Comment

प्रिन्सा इजिप्ट उडेपछि ‘मिस नेपाल’ आयोजकले जनायो आपत्ती

prinsha-shrestha
फाइल फोटो

‘मिस नेपाल’ प्रतियोगीतामा भाग लिएर विजेता बनेपछि एक बर्षसम्म आयोजकको दायरामा रहनुपर्ने हुन्छ । तर, ‘मिस नेपाल’का विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपले बेला-बेलामा नियम भन्दा बाहिर गएपछि विवाद श्रृजना हुँदै आएको छ ।

अहिले पनि यस्तै भएको छ । ‘मिस नेपाल अर्थ’ प्रिन्सा श्रेष्ठ आयोजक संस्था ‘द हिडन ट्रेजर‘सँग सम्पर्क नै नगरि इजिप्ट उडेपछि अहिले विवाद भएको छ । ‘मिस नेपाल’को आधिकारिक फेसबुक लाइक पेजबाट जानकारी गराउँदै ‘द हिडन ट्रेजर’ले आपत्ती जनाएको हो ।

प्रिन्सा भने ‘मिस इकाे’ प्रतियोगीतामा भाग लिन भन्दै ओमान उडेकी हुन् । यो प्रतियोगीतालाई पनि ‘मिस अर्थ’कै हिस्सा मानेर प्रिन्सा ओमान उडेकी हुन् ।

तर, हिडन ट्रेजरले भने ‘मिस अर्थ’को आयोजक संस्था ‘क्यारोसल प्रोजडक्सन’ले ‘मिस इकाे’मा भाग नलिएको र आफूहरुको कुनै जिम्मेवारी नभएको इमेल लेखेको जनाएको छ । हिडन ट्रेजरले फेसबुकमा प्रिन्सा ‘मिस इकाे’का आयोजकसँग व्यक्तिगत कुराकानी गरेर ओमान गएको जनाएको छ ।

miss nepal

नयाँ ‘मिस नेपाल’को छनोट वैशाख ४ गते हुँदैछ । यसअघि यस्ता कुनै पनि प्रतिस्पर्धामा भाग लिनका लागि ‘मिस नेपाल’को आयोजक संस्था ‘द हिडन ट्रेजर’को अनुमती लिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment