Comments Add Comment

सत्य निरुपणसम्वन्धी फैसला सच्याउन सर्वोच्चलाई ६ माओवादीको आग्रह

6-Mao-meet

१८ चैत, काठमाडौं । एमाओवादी र बैद्य माओवादीससहितका ६ माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोगबारे आफ्नो फैसला सच्याउन सर्वोच्च अदालतलाई आग्रह गरेको छ ।

कार्यगत एकताको प्रक्रियामा रहेका छ माओवादीका शीर्ष नेताहरुको बैठक माओवादी कार्यालय पेरिसडाँडामा बसेको थियो । केन्द्रीय समितिको बैठक भएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेताहरु भने बैठकमा अनुपस्थित भए ।

विप्लवले यो मुद्दामा आफूहरुको पूर्ण समर्थन र सहमति रहेको सन्देश पठाएका थिए ।

बैठकले सर्वोच्च अदालतको फैसला शान्ति सम्झौता विपरित भएको भन्दै सच्याउन आग्रह गरेको छ । ‘यो राजनीतिक विषय हो । तर, अदालतले कानुनी रुपमा लिँदा शान्ति सम्झौता तोडिने अवस्था आएको छ’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता मणि थापाले अनलाइनखबरसँग भने ।

सर्वोच्चले हालै सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनमा रहेको आममाफीको विषय हटाउन आदेश दिएको थियो । साथै हाल अदालतमा विचाराधीन मुद्दा सत्य निरुपण आयोगमा नजाने अदालतको फैसला छ ।

६ माओवादीले शान्ति सम्झौता कार्यान्वयनका लागि सत्तारुढ कांग्रेस र एमालेका साथै सरकार पनि गम्भीर हुनु पर्नेमा जोड दिएको छ । बैठकले २१ गते प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

६ मााओवादीले सर्वोच्चको फैसलाविरुद्ध २३ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment