Comments Add Comment

चैत २७ देखि राजधानीमा ‘मेड इन नेपाल’ प्रर्दशनी

Made-in-Nepal

१८ चैत, काठमाडौं । स्वदेशी उत्पादनको प्रवर्द्धन गरी आयात प्रतिस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यसहित राजधानीमा ‘मेड इन नेपाल’ प्रर्दशनी हुँदै छ ।

भृकुटीमण्डमा आयोजना हुने मेलालाई भव्य बनाउन नेपाल युवा उद्यमी मञ्च तयारीमा जुटेको छ । मेला चैत २७ देखि ३० गतेसम्म सञ्चालन हुने बताइएको छ ।

‘हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नारासहित आयोजना हुन लागेको मेलामा नेपालमा उत्पादित वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।

‘नेपालमा नेपाली वस्तु र सेवाको प्रवर्द्धन गर्ने मौका दिनका लागि मेला आयोजना गर्न लागेका हौं’ मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले भने- ‘मेलामार्फत नेपाली वस्तु तथा सेवाप्रति आमउपभोक्ताको विश्वास बढाउने हाम्रो प्रमुख उद्देश्य हो ।’

स्वदेशी वस्तुको प्रयोगलाई बढावा दिँदै आयात प्रतिस्थापन गर्न मेला सफल हुने विश्वास आयोजकको छ । स्वदेशी वस्तुको प्रयोगलाई बढाउन सकेमा ‘आफ्नो भनेको आफ्नै हो’ भन्ने नाराले सार्थकता पाउने छ ।

‘यो एउटा प्रर्दशनीमात्र होइन, अभियान पनि हो’ मेला व्यवस्थापक पशुपति केसीले भने- ‘नेपाली वस्तु तथा सेवालार्य आफ्नो सम्झेर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गर्न लागिएको हो ।’

नेपाली वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न मञ्च विगत १० वर्षदेखि सक्रिय रुपमा लागेको छ । नेपाली वस्तुको निर्यात बढाउन र आयात प्रतिस्थापन गर्न मेला सफल हुनेमा आयोजक विश्वस्त छ ।

मेलामा नेपाली वस्तु उत्पादन लगायत नेपाली सिने उद्योग, नेपाली म्यूजिक उद्योग, साना तथा घरेलु उद्योग, हस्तकला उद्योगको सहभागिता रहने छ ।

मेलामा १३० वटा स्टलहरु रहने बताइएको छ । जसमध्ये ३० वटा स्टल साना तथा लघुउद्यमका हुनेछन् । ३० प्रतिशत भन्दा बढी आन्तरिक मूल्य अभिवृद्धि भएका समान प्रर्दशनीमा राखिने छ ।

चार दिनसम्म चल्ने मेलाको प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ । हलबाहिर नेपाली खानेकुराको ‘टिपिकल फुड फेस्टिबल’ अयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment