Comments Add Comment

भारतीय विदेश सचिव बिहीबार आउँदै

१८ चैत, काठमाडौं । भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्कर नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि बिहीबार बिहान राजधानी आउँदैछन् ।

s jaisankarदुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हालेका जयशंकरले नेपालका वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्नेछन् ।

उनले राष्ट्रपति डा रामवरण यादव,प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ,परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई दिने भ्रमणका क्रममा उनले नेपाली समकक्षी शङ्करदास वैरागीसँग प्रधिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला भएका द्विपक्षीय सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगतिलगायत विषयबारे प्रतिनिधिमण्डलस्तरीय वार्तामा छलफल हुने बताइएको छ ।

विदेश सचिवमा नियुक्त भएपछि जयशंकरको यो पहिलो नेपाल भ्रमण हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment