Comments Add Comment

तराई र हिमालका विद्यार्थी पढाईमा कमजोर, पहाडका अगाडि

Leakhnath paudel and Gopal vatta

१८ चैत, काठमाडौं । सरकारले झण्डै ४८ हजार विद्यार्थीमा गरेको अध्ययनमा तराई र हिमाली क्षेत्रका विद्यार्थीहरु कमजोर पाइएको छ । पहाडका भने अगाडि छन् ।

शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षितक गुणस्तर परीक्षण केन्द्रले एक वर्ष लगाएर देशभरका २८ जिल्लाका कक्षा ८ मा पढ्ने ४८ हजार विद्यार्थीबीच राष्ट्रिय उपलब्धी परीक्षण गरेको थियो । अध्ययनले नयाँ र रोचक तथ्यहरु उजागर गरेको छ ।

नेपाली, गणित र विज्ञात विषयमा गरिएको परीक्षणमा तराई र हिमालका जिल्लाका विद्यार्थीको नतिजा कमजोर देखिएको छ । उपत्यकाका तीन जिल्लामा तीन बटै विषयमा उच्च अंक हासिल गरेका छन् ।

नेपालीमा न्यून नतिजा ल्याउनेमा मुगु, सिहरा र सुनसरी छन् । गणितमा डोल्पा, तेह्रथुम, मुगु तथा विज्ञानमा धनुषा, मुगु र बाजुराको नतिजा न्यून छ ।

साथीभाईले गिज्याउँदा कमजोरी र डिप्रेसन !

साथीभाईले गिज्याउने (बुलिङमा परेका) छात्रछात्राको पढाई कमजोर हुने र कतिपयमा डिप्रेसन समेत हुने अध्ययनले देखाएको छ । बुलिङ अर्थात एउटा विद्यार्थीले अर्को विद्यार्थीलाई होच्याउने, खिसी टिउरी गर्ने, समूहबाट एक्ल्याउने, धकेल्ने अर्थात सास्ती दिने हर्कत हो । यस्तो हर्कत एउटा विद्यार्थीको भविष्यका लागि ठूलो खतरा हुँदोरहेछ ।

प्रतिवेदमा भनिएको छ-‘जुन विद्यार्थीले अन्य विद्यार्थीबाट धकेल्ने, पिट्ने, मन नपर्ने काम गर्न लगाउने,होच्याउने, खिसिटिउरी गर्ने,समूहबाट एक्ल्याउने जस्ता समस्या भोग्नुपरेको छ, त्यस्ता विद्यार्थीको उपलव्धी कमजोर पाइयो ।’

कृषि पेशामा संलग्न हुनेको छोराछोरी कमजोर

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूना छनोटमा परेका २८ जिल्लाका ११ सय ९९ विद्यालयका कक्षा ८ का ४८ हजार विद्यार्थीमा परीक्षा लिएको थियो ।

यस क्रममा छात्रा र छात्रको सिकाई उपलव्धी तुलनात्मक रुपमा धेरै भिन्नता नभए पनि गणित र विज्ञान विषयमा भने छात्रा केही पछि परेको देखिएको छ ।

बाबुआमा निरक्षर र कृषि पेशामा रहेका बच्चाहरुको शैक्षिक स्तर कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।  विद्याथीहरुले औषतमा दिनमा १ घण्टा घरको काम गर्ने र दुई घण्टा जति टिभी हेर्ने गरेको पाइएको छ भने कक्षा आठमा १३ र १४ वर्ष उमेरका विद्यार्थीको पढाइको स्तर राम्रो पाइएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीको भन्दा निजी विद्यालयका विद्यार्थीको स्तर सबैमा राम्रो देखिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रका निर्देशक सहसचिव लेखनाथ पौडेलले भने-‘सन्तोष गर्ने ठाउँ पटक्कै देखिएन, यसमा कुनै एउटा पक्षलाई दोष दिएर उम्किने अवस्था पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment