Comments Add Comment

आयोग बनाएर धर्म परिवर्तनबारे छानविन गर्न राप्रपा नेपालको माग

Kamal-Thapa-Biratnagar

  • समापन समारोहमा राप्रपा नेपालका नेताहरु ।

ध्रुव भट्टराई
१८ चैत, विराटनगर । राप्रपा नेपालले यही चैत २३ गते आह्वान गरिएको संविधानसभा बैठक अबरुद्ध गर्ने भएको छ । हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र संघीयताबारे प्रश्न उठाउन पाउनु पर्ने माग दोहोर्‍याउँदै राप्रपा नेपालले संविधानसभा अबरुद्ध  बैठक गर्ने भएको हो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा दलहरुबीच पटक पटक वार्ता भए पनि सहमति नजुटेपछि २३ चैतका लागि बैठकको मिति तोकेका छन् ।

विराटनगरमा तीन दिनसम्म चलेको पार्टी केन्द्रीय कार्य समितिको बैठकपछि बुधबार सार्बजनिक निर्णयमा भनिएको छ, ‘संविधानसभामा राप्रपा नेपालले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र संघीयता बारे प्रश्न उठाउन पाउने माग गर्दै आएको छ । यो माग सम्बोधन नभए चैत्र २३ गते आह्वान गरिएको संविधानसभाको बैठकमा उपस्थित भएर अवरुद्ध गर्न संसदीय दललाई बैठक मार्गनिर्देश गर्दछ ।’

बैठक समापन समारोहलाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले विवादित बुँदामा जनमत संग्रह गर्नुपर्ने माग दोहोर्‍याए । राप्रपा नेपालले धर्म परिवर्तनबारे छानबिन र अनुसन्धान गर्न उच्चस्तरीय आयोग बनाउन माग समेत गरेको छ ।

संविधानसभा समाप्त पार्ने खेल

कांग्रेस-एमालेको गणितीय दम्भ तथा एमाओवादी-मधेशवादी दलको मोर्चावन्दीले संविधानसभा समाप्त पार्ने भन्दै निषेधको राजनीति त्याग्न राप्रपा नेपालले आग्रह गरेको छ ।

कार्यक्रममा अध्यक्ष थापाले भने, ‘सहमतिमा संविधान निर्माणको लागि आन्दोलन भनिए पनि दलहरुले संविधान सभालाई समाप्त गरी मुलुकलाई अराजक र असफल राष्ट्र बनाउन खोजेका छन् ।’

दोस्रो संविधानसभा निर्वाचनमा भोगेको पराजयको पीडा भुल्न दुई विपरित ध्रुवका दलहरु मोर्चाबन्दीमा लागेको उनले टिप्पणी गरे । अध्यक्ष थापाले सतारुढ कांग्रेस र एमाले सत्ताकेन्द्रित राजनीतिमा लागेर देशमा अराजकता निम्ताएको आरोप समेत लगाए ।

राप्रपा नेपालले पनि मोर्चा बनाउने

एमाओवादी, मधेसवादी लगायत ३० दलीय मोर्चाको विरोध गरेको राप्रपा नेपालले आफूले पनि मोर्चा बनाउने निर्णय गरेको छ । प्रेस विज्ञप्तिमार्फत् सार्बजनिक गरिएको निर्णयमा ‘वृहत् राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपासंग जारी एकता प्रक्रियालाई निरन्तरता दिने र समान विचार पक्षधरका बीच मोर्चा बनाउने वा एकता गर्दै जाने,’ उल्लेख छ ।

भ्रष्टाचार विरुद्ध सशक्त र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको राप्रपा नेपालले अवैध ढंगबाट आर्जन गरेको सम्पत्ति छानवीन गर्न र अबैध प्रमाणित भए जफत गर्न तथा स्थानीय निकायको निर्वाचन छिटो गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment