Comments Add Comment

जाने बेलामा खतिवडाले गरेको व्यवस्था नयाँ गभर्नरले संसोधन गरे

NRB-Photo१८ चैत, काठमाडौं । कार्यकाल सकिनुभन्दा सात दिनअघि डा. युवराज खतिवडाले गरेको व्यवस्थामा राष्ट्र बैंकका नयाँ गभर्नर डा. चिरञ्जीबी नेपालले संसोधन गरेका छन् ।

राष्ट्र बैंकले फागुन २९ गते कर्जालाई पाँच वर्गमा विभाजन गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । जसमा कर्जाको शुक्ष्म निगरानी पनि समाबेस गरेको थियो । उक्त व्यवस्थालाई बैंकहरहरुले मन पराएका थिएनन ।

बैंकरहरुले नयाँ गभर्नर डा. नेपालसमक्ष शुक्ष्म निगरानीको व्यवस्था संसोधन गर्न आग्रह गरेका थिए ।

यस अघि गत फागुन २९ गते कर्जाको साँवा तथा व्याजको भाखा नाघेकै दिन देखि वाच लिष्टमा राख्नु पर्ने र पाँच प्रतिसत प्रोभिजन गर्नुपर्ने निर्देशन जारी भएको थियो । बुधबार राष्ट्र बैंकले यो प्रावधानमा संशोसन गर्दै साँवा तथा व्याज तोकिएको अवधिभित्र भुक्तान नभई एक महिना भन्दा बढी समयसम्म बक्यौता रहेको कर्जालाई वाच लिष्टमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

वाच लिष्टमा परेका कर्जाको नोक्सानी व्यवस्था गर्न आठ पटकको समय तालिका सार्वजनिक गरिएको छ । २०७३ साल पुस मसान्त देखि मात्रै पाँच प्रतिसत नोक्सानी व्यवस्था गर्नुपर्ने छ ।

यस्तो लिस्टमा रहेको कर्जालार्इ यही चैत मसान्त देखि १.५ प्रतिसतले नोक्सानी व्यवस्था गर्नुपर्ने छ । त्यस्तै २०७२ साल असार मसान्त देखि दुई प्रतिसत, असोज मसान्तदेखि २.५ प्रतिसत, पुस मसान्तदेखि तीन प्रतिसत र चैत मसान्तदेखि ३.५ प्रतिसत नोक्सानी व्यवस्था गर्नुपर्ने छ ।

२०७३ असार मसान्त देखि तार प्रतिसत, असोज मसान्तदेखि ४.५ प्रतिसत र पुस मसान्तदेखि पाँच प्रतिसत कर्जा नोक्सानी व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थालाई निर्देशन दिएको छ । watch-list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment