Comments Add Comment

टिभी हेर्ने विद्यार्थीकै नतिजा राम्रो

१९ चैत, काठमाडौं । आफ्ना छोराछोरीले जतिखेर पनि टेलिभिजन हेरे भनेर चिन्ता लाग्छ ? तर, अब चिन्ता नगर्नोस । एक सरकारी अनुसन्धानले टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च देखिएको छ ।

watching-tvशिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्र (इआरओ)ले ४४ हजार विद्यार्थीमा गरेको अध्ययनले घरमा काम गर्ने र टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च रहेकेा तथ्य पत्ता लगाएको नयाँ पत्रिकामा खबर छ ।

इआरओले कक्षा आठमा अध्ययनरत २८ जिल्लाका एक हजार एक सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थीमा गरेको अध्ययनमा काम गर्ने र टिभी हेर्ने विद्यार्थीको सिकाई उपलब्धि उच्च रहेको पत्ता लागेको हो ।

प्रतिवेदनमा भनिएको छ,’एक घन्टासम्म घरको काम गर्ने र एकदेखि दुई घन्टासम्म टिभी हेर्ने विद्यार्थीको उपलब्धि उच्च रहेको पाइयो ।’ इआरओले ०७० को शैक्षिकसत्रको अन्तमा सिकाइ उपलब्धिको स्तरीकृत राष्ट्रिय परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment