Comments Add Comment

एक वर्षसम्म बन्धक बनाएर बालिकाको बलात्कार

१९ चैत, महोत्तरी । हरिपुर हरिणमरी निवासी दुई दाजुभाइले १३ वर्षकी एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गरेको खुलेको छ । बारा घर भएकी यादव थरकी बालिकालाई हरिहरपुर हरिणमरी-६ का ६० वर्षका रामबहादुर चौधरी र उनका भाइ ५५ वर्षका भोगेन्द्र चौधरीले बलात्कार गर्ने गरेको खुलेको हो ।
balatkar
उनीहरुले गत जेठदेखि बन्धक बनाई पालैपालो यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । रामबहादुर अविवाहित हुन् भने भोगेन्द्र विवाहित हुन् । भोगेन्द्रका श्रीमती र एक छोरी रहेको नयाँ पत्रिकामा खबर छ ।

उनीहरु पन्जाबमा मजदुरी गर्ने रामबहादुरले परिवारसँग् उतै बस्ने भन्दै बाराकी १३ वर्षकी बालिकालाई बिहे गर्ने भन्दै घर आउँदा लिएर आएपछि बन्धक बनाएका थिए ।

गत जेठमा बन्धक बनाइएकी बालिकालाई भदौसम्म बलात्कार गरेपछि रामबहादुर भारत फर्किए, तर, उनले बालिकालाई भाइ भोगेन्द्रको जिम्मा लगाएका थिए ।

बालिकाका परिवार उनलाई खोज्दै आएपछि बन्धक बनाएर बलात्कार भएको खुल्यो । भोगेन्द्र पक्राउ परेका छन् भने रामबहादुर भारत गएकाले फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment