Comments Add Comment

बिहीबार दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आयोजनामा स्थानीय १० प्रतिशत सेयर अनिवार्य, लेखा परीक्षणमा सिण्डिकेट तोड्न क्षेत्रगत सीमा, बहराइनमा कामदारको सुविधा बढाउन आग्रह शीर्षकमा मुख्य खबर छापेका छन् ।

कारोबार दैनिकमा विद्युत आयोजनामा स्थानीय १० प्रतिशत सेयर अनिवार्य, सेनाको कल्याण कोषमा विभेद, कर्जा जोखिम ब्यवस्थापनमा बैंकहरुलाई राहत, महसुल वृद्धिको अध्ययन गर्न समिति गठन हुने, नेशनल टे्रडिङको साधारणसभा ४ वर्षदेखि अन्योलमा, दर्जनौं कम्पनीको कारोबार नहुँदा सेयर लगानीकर्ता निराश लगायतका खबर छन् ।

आर्थिक अभियानमा लेखा परीक्षणमा सिण्डिकेट तोड्न क्षेत्रगत सीमा, निर्जीवनको दावी भुक्तानी बढ्दो, सुक्ष्म निगरानी ब्यवस्थामा परिमार्जन, ८ महिनामा १० वस्तुबाट ५९ अर्ब राजश्व, भारतीय विदेशसचिव आज नेपाल आउँदै, तरकारी बेचेरै १२ करोड आम्दानी, जगदम्बा स्टिल एफफ्यान एक्सिलेन्स अवार्डको तयारी पूरा लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाल-मलेसिया हवाई सम्झौता पुनरावलोकन, सूक्ष्म निगरानीमा राष्ट्र बैंक लचिलो, युनाइटेड इन्सुरेन्सको अग्नि बिमा कारोबार रोक्का, राजश्व नीति परिमार्जन गर्न माग, आगामी वर्ष दोब्बर मल आयात योजना, मलेसियाबाट कामदार फिर्ता आन्दोलन १५ दिन स्थगित, सिचुवानको नेपाल उडान सुरु लगायतका खबर छन् ।

नागरिक दैनिकमा बहराइनमा कामदारको सुविधा बढाउन आग्रह, नेपाली सामानका १८ रेल बाटैमा, १० अर्ब रुपैयाँको बिजुली चुहिएरै खेर, वाच लिष्टको ब्यवस्था परिवर्तन, वाणिज्य संघको बन्दले जनजीवन प्रभावित, तिलगंगा चार्टर्डको ५५ लाख, सुजुकी सोरुम भक्तपुरमा लगायतका खबर छन् ।

आर्थिक दैनिकमा एनसेलद्वारा वातावरण प्रदुषण गर्न ढिलाइ, बिमक गाभ्ने तथा गाभिने निर्देशिका २०७० किन असफल ?, तीन करोड मूल्यको आठ किलो सुनसहित दुई ब्यक्ति पक्राउ, बढ्दो ब्यापारघाटा सहकारीमार्फत न्यूनीकरण गर्न आवश्यक, केडिया अर्गनाइजेसनद्वारा किर्ते गरी जग्गा कब्जा लगायतका खबर छन् ।

eco1

eco3

eco4

eco5

eco6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment