Comments Add Comment

चकलेट हङकङमा प्रर्दशन हुने

काठमाडौं । नायिका पूजना स्त्रीले निर्माण गरेको चलचित्र ‘चकलेट’ २८ जुनमा हङकङमा प्रदर्शन हुने भएको छ । नेपालमा हालसम्म प्रदर्शन मिति तय नभएपनि हङकङमा चकलेट प्रदर्शनको हुने पक्का भएको जानकारी निर्मात्री खुसी गुरुङले बताइन् ।

निर्मात्री गुरुङले नै हङकङमा चलचित्र प्रदर्शनको प्रबन्ध मिलाइकी हुन् । केहि बर्षदेखि हङकङमै बसोबास गर्दै आएकी खुसी ‘चकलेट’वाट नेपाली फिल्ममा प्रवेश गर्दैछिन् ।

यो फिल्म तनहुँ समाज हङकङको सहयोगार्थ प्रदर्शन गर्न लागिएchokletको हो । चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्मसको ब्यानरमा निर्माण गरेका हुन् ।

आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई, सुमन गौरे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्मल शर्माको निर्देशन रहेको यस चलचित्रमा काठमाडौंको दरबारमार्ग क्षेत्रमा रहने बाल बालिकाको जीवन कथा उठान गरिएको नायिका एवं निर्मात्री पुजना स्त्रीले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment