Comments Add Comment

अशिष्माको ‘कोकाकोला फिगर’ र विल्सनको कमेडीमा ‘अधकट्टी’

rista-hot
नेपाली चलचित्र हेर्ने दर्शकले कस्तो प्रवृत्तीका बिषयलाई रुचाउँछन् भन्ने यकिन अझै पनि चलचित्रकर्मीले गर्न सकेका छैनन् । जसका कारण पनि चलचित्रका बिषयवस्तु प्रयोगात्मक देखिएका छन् ।

संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेको चलचित्र ‘अधकट्टी’ले कमेडी जनराको चलचित्रलाई बोलेको छ । द्धारिका उदय प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रलाई प्रदिप उदयले निर्माण गरेका हुन् ।

चलचित्रको प्रदर्शन मिति तय भएसँगै ट्रेलर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले के दर्शकलाई हलसम्म तान्ला, यसको चर्चा गर्न जरुरी छ ।

यो चलचित्रको मुख्य आकर्षणको रुपमा कलाकार विल्सन विक्रम राई देखिएका छन् । सानो पर्दामा कमेडीमा जमेपनि ठूलो पर्दामा उनी ‘सायद’ भन्दा अन्यमा चम्केका छैनन् । तर, ‘अधकट्टी’को सार्वजनिक ट्रेलरमा राइकै कमेडी हाबी छ ।

दुई नायिका रिस्ता बस्नेत र अशिष्मा नकर्मी पनि आकर्षणमा पर्न सक्छन् । कारण, रिस्तालाई सुरुवातमै हट अवतारमा देखाइएको छ । अर्की नायिका अशिष्मा नकर्मीको ‘कोकाकोला फिगर’ बोलको गीतले चर्चा पाएको छ । अन्य कलाकार गौरव पहाडी र प्रदिप बाँस्तोला सामान्य देखिएका छन् । प्रदिपको यो डेब्यू चलचित्र भएकाले पनि उनीमाथि दर्शक र चलचित्रकर्मीको विशेष आँखा पर्न सक्छ ।

चलचित्रमा नायिका नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिएकी छिन् । ट्रेलरमा नम्रताको गीतको सानो भाग  समावेश गरिएको छ । ‘हे नम्रता’ बोलको गीत दर्शकको मुखमा झुण्डिन सक्छ । तर, ‘कोकाकोला फिगर’ले नम्रताको गीतलाई उछिन्न सक्छ । कमेडी बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्र जेठ ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment