Comments Add Comment

अस्ट्रेलियाको सिड्नीमा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय

Globalime bank१९ चैत, काठमाडौं । ग्लोवल आईएमई बैकले अस्ट्रेलियाको सिड्नीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । उक्त सम्पर्क कार्यालयको उदघाटन अर्थमन्त्री डा. रामशरण महतले गरे ।

सो अवसरमा महतले नेपाली डायस्पोराले नेपालीलाई विश्मै गौरव महशुस गर्ने काम गरिरहेको बताउँदै चाँडै नै बैकले सिड्नीबाट आर्थिक कारोवार गरेको हेर्ने चाहना व्यक्त गरे ।

सम्पर्क कार्यालय उदघाटन समारोहमा अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल, एनआरएन आईसीसी अध्यक्ष शेष घले उपस्थित थिए ।

त्यसैगरी, संरक्षक इन्द्रा वन, न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दिपक खड्का, एनआरएन आईसीसी प्रवक्ता मन केसी, अस्ट्रेलिया अध्यक्ष र सचिव क्रमश: महेन्द्र ओली, भरत पोखरेल, गोवा कटुवाल, महेन्द्र लम्साल, प्रकाशजंग थापा, बैकका निर्देशक सुधिरराज घिमिरे अस्ट्रेलिया सम्पर्क कार्यालय प्रमुख सुभाष ज्ञवाली लगायत उपस्थित थिए ।

सो बैकका अध्यक्ष चन्द्र ढकालले उपस्थित सबैलार्इ धन्यवाद दिएका थिए । राष्ट्र बैंकले ग्लोवल अाइएमर्इ बैंकलार्इ भारत, कतार, साउदी अरेबिया, कोरिया, युएर्इ र अस्ट्रेलियामा सम्पर्क कार्यालय खोल्ने इजाजत दिएको थियो ।

‘अष्ट्रेलियामा सम्पर्क कार्यालय सञ्चालनमा अाइसकेको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अनलाइनखबरसँग भने- अन्य सम्बन्धित देशका नियामक निकायमा प्रक्रिया भइरहेकाले मिति नै भन्न सक्ने अवस्था चाहिँ छैन । संभवत अब भारतमा खोलिने छ । सम्पर्क कार्यालयले नेपाली व्यापारीहरूलार्इ सहजीकरण गर्ने बज्राचार्यले बताए ।

हाल बैंकले ८५ शाखा र ८९ एटीएम मार्फत साढे पाँच लाख ग्राहकलार्इ वित्तीय सेवा उपलब्ध गराउँदै अाएको छ । बिहीबारसम्ममा बैंकले ५७ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको सीइअो बज्राचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment