Comments Add Comment

माइक्रोम्याक्सले भित्रायो नयाँ ट्याबलेट

Micromax-Tab-P666-Final

१९ चैत, काठमाडौं । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सको नयाँ ट्याबलेट ‘पी-६६६’ नेपाली बजारमा भित्रिएको छ । माइक्रोम्याक्सले ‘इन्टेल अटोम’ प्रोसेसर भएको ट्याबलेट बजारमा ल्याएको हो ।

ट्याबलेटको नेपालमा १९ हजार ४ सय ७० रुपैयाँमा तोकिएको छ । ८ इञ्चको मल्टीटच डिस्प्ले रहेको ट्याबलेटमा ८००×१२८० रेजोलुसन रहेको छ । ट्याबलेटमा रहेको १.२ गीगाहर्ज इन्टेल अटोम प्रोसेसरले सबै एप्लिकेसनहरु पहिले भन्दा छिटो चल्ने दाबी कम्पनीको छ ।

यसमा इन्टरनेट समेत छिटो चल्ने बताइएको छ । ट्याबलेटको पछाडि ५ मेगापिक्सेल क्यामेरा रहेको छ । सेल्फी र विल्फी खिच्न मन पराउने ग्राहकहरुका लागि अगाडि २ मेगापिक्सेल क्यामेरा राखिएको छ ।

एन्ड्रोइड ४.४ किटक्याट भएको यस ट्याबलेटमा १ जीबी र्‍याम रहेको छ । यसमा थ्रिजी सिम कार्ड हाल्न सकिन्छ । यसमा वाइफाई र जीपीएस पनि चलाउन सकिन्छ ।

आठ जीबी इन्टरनल मेमोरी रहेको ट्याबलेटमा आवश्यकता अनुसार ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसमा  ४४०० एमएएच क्षमताको ब्याटि्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment