Comments Add Comment

हिन्दी चलचित्रले लगेको रकम रोक्ने निखिलको चाहना

nikhil-upreti
नायक निखिल उप्रेतीको नेपाली चलचित्रमा क्रेज आज कस्तो छ, यसको अड्कल गर्न गाह्रो छ । तर, मुम्बइ जानुअघि निखिलको क्रेज नेपालमा धेरै थियो । निखिल उप्रेतीमा स्टारडम देखिन्थ्यो । उनै निखिलले आफूलाई कलाकारसँगै निर्देशकको रुपमा उभ्याएका छन् ।

उनले बनाएको चलचित्र ‘भैरव’ सर्दा सर्दै जेठ २२ गते पुगेको छ । निखिलले ग्राफिक्सको काम नसकेर चलचित्रको प्रदर्शन मिति सार्नु परेको बताए । वैशाख १८ बाट सरेपनि भैरव जेठ २२ मा पक्का प्रदर्शनमा आउने उनको भनाई छ ।

उनै निखिले उप्रेती आफू राम्रो कलाकार भन्दापनि निर्देशक बन्न चाहेको बताउँछन् । निखिल आफूले नेपाली चलचित्रलाई अत्याधिक माया गर्ने बताउँछन् । तर, नेपाली जनताको मन जितेर हिन्दी चलचित्रले पैसा लगेको उनलाई मन परेको छैन । उनी यो पैसा रोक्नुपर्छ भन्ने सोच्छन् । निखिलका अनुसार नेपाली बजारबाट हिन्दी चलचित्रले पैसा लानु राम्रो होइन । निखिल आफू यो क्रम रोक्न चाहने बताउँछन् । जसका कारण पनि स्तरिय नेपाली चलचित्र बनाएर नेपाली रकम नेपालमै राख्नुपर्ने निखिलको धारणा छ ।

निखिलका लागि ‘भैरव’ चलचित्र कलाकार र निर्देशकिय दुबै पाटोबाट विशेष छ । जसका कारण पनि उनले रातदिन मिहिनेत गरिरहेको बताए । अनु शाह, मुरलिधर, नागेन्द्र रिजाल लगायतका कलाकारले यो चलचित्रमा निखिललाई साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment