Comments Add Comment

बैतडीमा सिटिजन्सको शाखारहित बैंकिङ सेवा

Citizen-Bank-International१९ चैत काठमाडौं । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले बैंकले बैतडि जिल्लाको सिधेस्वर गाविस खोड्पेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको २०३औ शाखारहित बैंकिङ्ग सेवा हो ।

उक्त शाखारहित बैंकिङको उदघाटन बैंकको धनगडी शाखाका शाखा प्रबन्धक गोबिन्ददेव पन्तले उद्घाटन गरे । बैंकले स्थानीय  मोहनसिंह बिष्टलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको विल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु ग्राहक वर्गले उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment