Comments Add Comment

आईडी बैंकले लगानीकर्तालार्इ दियो २० प्रतिशत लाभांश

idbl-bank

१९ चैत, काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले आफ्ना सेयरधनीलाई २० प्रतिशन लाभांस दिने भएको छ । बैंकको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । जसअनुसार सेयर धनीले १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस पाउनेछन् ।

साधारण सभाबाट संस्थापक समूह अन्तर्गत ६ जना सञ्चालकहरू चयन भएका छन् । माधवप्रसाद भट्ट,सुरेन्द्रकुमार पोखरेल, परशुराम कार्की, पिताम्बर गैरे, निरञ्जनकुमार साहु र राजेन्द्रकुमार घिसिङ निर्विरोध चयन भएका छन् । साथै सोही दिन भएको बसेको सञ्चालक समितिको बैठकले माधवप्रसाद भट्टलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रियस्तरको विकास बैङ्कको रुपमा नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमती प्राप्त गरेको आईडीवीएल अधिकृत पूँजी २ अर्ब र चुक्ता पूँजी रु. ६४ करोड रहेकोमा बोनस सेयर जारी भएपश्चात् बैङ्कको कुल चुक्त पूँजी ७० करोड ४ लाख रूपैयाँ पुगेको छ ।

बैङ्कले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखा कार्यालयहरु र १३ वटा एटिएमबाट बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment