Comments Add Comment

फ्रेस फेस : ‘पहिला आई लभ यू, अहिले आई लाइक यू’ : स्वस्तिमा (भिडियोसहित)

Swostima Khadka (5)
सानैबाट कलाकार बन्ने सोच थियो, स्वस्तिमा खड्कालाई । उनलाई साथीहरु पनि कलाकार नै बन्छेस् भन्थे । तर, कलाकार बन्ने भन्ने वित्तिकै हतार गर्नुहुन्छ भन्ने उनलाई लागेन । यसैले उनले केही समय पर्खिइन् ।

चलचित्र ‘होस्टेल रिटर्न्स’बाट नेपाली चलचित्रमा डेब्यू गर्दै गर्दा स्वस्तिमालाई लागेको छ, म लामो रेशको घोडा बन्नेछु । उनलाई लाग्दैन कि कोही पनि यहाँ छोटो समयमा चर्चा पाउँछु र हराउँछु भन्ने सोच बोकेर आउँछन् । जसलाई पनि आफू लामो समयसम्म टिक्छु नै भन्ने सोच हुने स्वस्तिमाको भनाई छ ।

अनलाइनखबरले स्वस्तिमासँग गरेको कुराकानीको भिडियो हेर्नुहोस् :


उनलाई लाग्छ, अभिनय एउटा नशा हो । जसमा लागेपछि छुटाउन मुश्किल नै पर्छ । उनलाई पनि एउटा चलचित्र गर्ने वित्तिकै यो नशाले छुन थालिसकेको छ । तर, पनि उनी भोली आउने जुनसुकै परिस्थितीको सामाना गर्न तयार छिन् । उनले भनिन्-‘मलाई थाहा छ, भोली मेरा ठाउँमा कोही हुनेछ । मलाई भनिदै आइएको ‘नायिका’ अरु कसैलाई भनिनेछ । म यसका लागि तयार छु ।’ तर, एउटा कलाकार बन्दा कसैले स्थान खोस्न नसक्ने उनको भनाई छ, जती नायिका बन्दा खोस्न सक्छन् । Swostima Khadka (4)

Swostima Khadka (6)
चलचित्र क्षेत्रमा लागेर दाम, नाम र काम सबै कमाइने वुझाई छ स्वस्तिमाको । स्वस्तिमा चुलबुले स्वभावकी छिन् । उनलाई उनका साथीहरुले बलिउड नायिका अनुष्का शर्मा जस्तो पनि भन्दा रहेछन् । तर, स्वस्तिमालाई लाग्छ, उनी सामान्य यूवती हुन् । उनी आफुलाई राम्री देख्छिन्, भन्छिन्-‘म आफैलाई १० मा ५ दिन्छु ।’

बाहिरी रुपमा आफैले ५ नम्बर दिएपनि खड्कालाई लाग्छ उनी भित्री रुपमा सुन्दर बन्ने प्रयास गर्छिन् । कलेज पढ्ने भएकाले पनि उनलाई मनपराउने यूवाहरुको संख्या कम छैन । उनी पनि हरेक यूवामा विभिन्न खालका गुण देख्छिन् । स्वस्तिमालाई नायिका भएपछि प्रेम प्रस्ताव राख्नेहरुको तरिका पनि फरक भएछ ।
Swostima Khadka (2)
उनले भनिन्-‘नायिका नबन्दा मलाई सोझै ‘आई लभ यू’ भन्थे, अहिले ‘आई लाइक यू’ भन्छन् ।’चलचित्रमा लाग्ने र एउटा राम्रो कलाकार बन्ने सोच छ उनको । आफू चुलबुले भएकाले पनि भूमिका यस्तै खालको अफर आओस् भन्ने सोचाई छ उनको । उनको उद्देश्य कलाकारिता गर्नु मात्र होइन, तर कलाकारिता पनि एउटा पाटो हो ।

उनलाई नेपालका सौगात मल्ल र दयाहाङ राई मनपर्छ । नायिकामा उनी नम्रता श्रेष्ठ र मेनुका प्रधानलाई रुचाउँछिन् । चलचित्रमा ग्ल्यामर र भल्गर दुबै हुन्छ भन्ने उनलाई थाहा छ । तर, उनी कथाले मागेपछि भन्ने भनाई व्यक्त गर्न तयार छैनन् । ‘जर्बजस्ती थुपारिएका दृश्य म गर्दिन, तर कथामा आवश्यक छ भने त्यस बिषयमा प्रस्तुती हेरेर स्विकार गर्छु’, चलचित्रमा दिने केही अन्तरंग दृश्यका बिषयमा स्वस्तिमाले भनिन् ।

उनले अभिनय गरेको चलचित्र ‘होस्टेल रिटर्न्स’ वैशाख २५ गतेबाट चल्दैछ । चलचित्रमा उनको साथमा अर्की महिला कलाकार पनि छिन्, शशी श्रेष्ठ । दुई नायिका हुँदा कत्तीको डाहा हुँदो रहेछ त, स्वस्तिमाले अनुभव सुनाइन्-‘डाहा नै भन्ने त हुँदैन । तर, कहिलेकाँही आफूलाई भन्दा अर्कोलाई प्रमोशन बढी गर्दा केही न केही मनमा फिल भने हुँदोरहेछ ।’ तर, अर्की नायिका शशी श्रेष्ठलाई प्रमोशन गरेर चलचित्र चलेपनि फाइदा आफूलाई हुने स्वस्तिमाको भनाई छ ।
Swostima Khadka (3)अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै स्वस्तिमाले ‘होस्टेल रिटर्न्स’को प्रतिक्रियापछि आफू कसरी अगाडि बढ्ने भनेर सोचेको बताइन् । नेपाली चलचित्रमा चुलबुले नायिकारुको अभाव छ । सायद, स्वस्तिमाले यो अभावलाई केही हदसम्म भएपनि पूर्ती गर्छिन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment