Comments Add Comment

अमेरिका लैजाने ठगको सूचीमा राष्ट्रपति कार्यालयको नाम

२२ चैत, काठमाडौं । उच्च पदस्थ व्यक्तिहरुलाई सल्लाहकार बनाएर सहकारीका नाममा अमेरिका पठाउने भन्दै बिभिन्न युवा युवतीलाई ठग्ने गिरोहले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको नामसमेत बिक्री गरेको खुलासा भएको छ ।

तुलसादेवी रिमाल
तुलसादेवी रिमाल

ठगहरुले बनाएको अमेरिका जाने सूचीमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय, गरीबी निवारण मन्त्रालय, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपालस्थित अमेरिकी दुतावास र राजदूत एवं महिला आयोगको समेत ४५ वटा निकायको नाम छ ।

कांग्रेस नेतृसमेत रहेकी महिला विकास सहकारी संस्था लिमिटेकी अध्यक्ष तुलसा रिमालसहितको गिरोहले अमेरिकामा मेला आयोजना गर्ने नाममा राष्ट्रपति कार्यालयबाट समेत ५ जना सहभागी हुने प्रस्ताव बिभिन्न ठाउँमा पेश गरेको पाइएको छ ।

प्रहरीले पीडितहरुको उजुरीका आधारमा संस्थाकी कोषाध्यक्ष सुशीला तिमल्सिना रिमाललाई पक्राउ गरी अनुसन्धान थालेपछि बिभिन्न रहस्यहरु बाहिर आउन थालेका हुन् । उनलाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

अमेरिकामा महिला कृषि उद्यम तथा हस्तकला मेला आयोजना गर्ने र सो कार्यक्रममा राष्ट्रपति कार्यालयबाट ५ जना तथा प्रधानमन्त्री कार्यालयबाट पनि ५ जना सहभागी हुने सहकारी विभागमा पेश गरिएको प्रपोजलमा उल्लेख छ ।

स्रोतका अनुसार यो प्रकरणमा सहकारी बिभागबाट १२ करोड रुपैयाँ निकाल्ने प्रपञ्चसमेत भएको थियो । तर, अमेरिकामा मेला आयोजना हुन नसक्ने भएपछि विभागको पैसा जोगिएको हो ।

सहकारी विभागलगायत बिभिन्न निकायमा पेश गरिएको प्रपोजलमा अर्थ, परराष्ट्र, सहकारी लगायतका मन्त्रालयबाट तीन-तीनजना सहभागी हुने र राष्ट्र बैंक पनि तीनजना सहभागी हुने उल्लेख छ ।

संस्थामा सल्लाहकारका रुपमा उच्चपदस्थ व्यक्तिहरुको फोटो राखी ब्रोसर बनाई त्यही ब्रोसर देखाई उक्त सहकारीमा रकम राखेमा अमेरीकाको प्याकेज टुर कार्यक्रममा सहभागी बनाउने भनी प्रलोभन देखाई धेरै व्यक्तिबाट रकम असुल गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले महिला विकास सहकारीकी सचिव शुशिला तिमल्सिना रिमाललाई ठगी अपराध कसुरमा पक्राउ गरी आवश्यक कारबाहीको लागि ललितपुरमा पठाएको छ । तुलसा रिमाल, देववहादुर तामाङ लगायतका अन्य अभियुक्तहरुको खोजी भइरहेको महाशाखाले जनाएको छ ।

(यो पनि पढ्नुहोस् : माया र विष्णु भन्छन्-अमेरिका लान्छु भन्दै दलालले डुबाए)

पीडितलाई धम्की दिन थालियो

यसैबीच अभियुक्तहरुले पीडितहरुलाई धाक धम्की र प्रलोभन दिन थालेका छन् । जाहेरी दरखास्त दिनेमध्येकी बिष्णु गुरुङलाई तुलसाका छोरा गोपालले फोन गरेर चार लाख रुपैयाँ लिन र जाहेरी फिर्ता लिन दबाव दिएको उनले बताइन् ।

कतिपय अभियुक्तलाई नै प्रयोग गरेर धम्क्याउने कामसमेत शुरु भएको छ । केहीले पीडितलाई मिलाउँदा मिलाउँदै मिडियामा आएको भन्दै अनलाइनखबरकर्मीलाई समेत फोनबाट उनले धम्की दिएका छन् ।

जाहेरी दिनेमध्येकी एक पीडित माया लामाले विभिन्न ठाउँमा धम्की र प्रलोभन आइरहेको बताइन् । यो प्रकरण प्रहरीमा पुग्दा धेरै ठूला मान्छेहरु समेत फस्ने भन्दै आफूहरुलाई मिल्न पीडिकले दबाव दिइएको लामाले बताइन् ।

‘यसमा ठूला ठूला मान्छेहरु पनि फस्छन्, तिमीहरुलाई अप्ठेरो पर्छ, एक महिनाको भाका राखेर मिलौं भन्ने कुरा गरेका छन्’ मायाले अनलाइनखबरसँग भनिन् ‘हामीसँग उनीहरुले यसअघि भनेका अडियो रेकर्ड र डकुमेन्टहरु पनि सुरक्षित छन्’ ।

आफूहरुका पछाडि गुण्डा लगाइएको भन्दै मायाले तुलसा रिमालको पक्षबाट आफूहरु खतरामा रहेको बताइन् ।

यस्तो छ ठगी धन्दाको सूची

अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलनमा विभिन्न संघसंस्था, तथा सरकारी कार्यालयबाट निम्न व्यक्तिहरुको सहभागिता हुनेछ :

क्र.सं. संस्था तथा व्यक्तिहरू संख्या
राष्ट्रपतिको कार्यालय १+४ ५ जना
प्रधानमन्त्रीको कार्यालय १+४ ५ जना
अर्थ मन्त्रालय १+२ ३ जना
नेपाल राष्ट्र बैंक ३ जना
परराष्ट्र मन्त्रालय १+२ ३ जना
अमेरिकास्थित नेपाली राजदूतावास १+४ ५ जना
सहकारी तथा गरिबी निवारण मन्त्रालय १+५ ५ जना
उद्योग मन्त्रालय १+२ ३ जना
संघीय मामिला, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय १+२ ३ जना
१० राष्ट्रिय योजना आयोग १+२ २ जना
११ राष्ट्रिय सहकारी विकास बोर्ड, पुलचोक, ललितपुर १+६ ७ जना
१२ सहकारी विभाग १+१ २ जना
१३ सहकारी प्रशिक्षण केन्द्र २ जना
१४ राष्ट्रिय सहकारी संघ ३ जना
१५ उद्योग विभाग २ जना
१६ केन्द्रीय सहकारी संघहरु ५ जना
१७ राष्ट्रिय सहकारी बैंक २ जना
१८ प्रस्तावित केन्द्रीय महिला सहकारी संघ ५ जना
१९ राष्ट्रिय सहकारी सुदृढीकरण आन्दोलन दबाब समिति ५ जना
२० साना मझौला व्यवसाय महासंघ ५ जना
२१ डिभिजन सहकारी कार्यालयहरु ३ जना
२२ अन्तर्राष्ट्रिय सहकारी महासंघ ९क्ष्।ऋ।ब्।०
२३ अमेरिकाको कृषि मन्त्रालय
२४ अमेरिकामा रहेका केन्द्रीय संघहरु
२५ अमेरिकाकै महिला सहकारी संस्था एवं समूहहरु
२६ अमेरिकास्थित नेपाली राजदूतावास एवं राजदूत १+४ ५ जना
२७ नेपालस्थित अमेरिकी राजदूतावास एवं राजदूत ५ जना
२८ अमेरिकामा क्रियाशील नेपाली संस्था युनाइटेड नेपाल -भर्जिनिया) १० जना
२९ सहकारी संघसंस्थाका अध्यक्षहरुबाट ५ जना
३० आयोजक समितिबाट ३० जना
३१ विभिन्न परम्परागत कला संस्कृतिबाट ३० जना
३२ प्रशासनिक समूहबाट ५ जना
३३ क्यामरामेनबाट ४ जना
३४ रेडियो नेपाल, नेपाल टेलिभिजन र अन्य टेलिभिजनबाट ७ जना
३५ पत्रकारहरुबाट ५ जना
३६ नेपाल वायुसेवा निगमबाट ३ जना
३७ जिल्ला सहकारी संघका अध्यक्षहरुबाट ५ जना
३८ विभिन्न क्षेत्रबाट १० जना
३९ कार्यपत्र प्रस्तुतिका लागि १ जना
४० उद्घोषक २ जना
४१ वैकल्पिक १५ जना
४२ आयोजक संस्थाहरुका तर्फबाट ५ जना
४३ थारु कलाकारहरुबाट १० जना
४४ व्यवस्थापक समितिबाट (नेपालबाट १५ र अमेरिकाबाट १५) ३० जना
४५ राष्ट्रिय महिला आयोगबाट १ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment