Comments Add Comment

पाँच वर्षमा २१ लाख विदेशिए

rojgar२३ चैत, काठमाडौं । पछिल्लो सयम नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या निकै उच्च छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला ५ वर्षमा २० लाख ८५ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये, १९ लाख ७९ हजार पुरुष छन् भने १ लाख ५ हजार महिना कामदार रहेका छन् ।

पाँच वर्षको अवधिमा सबैभन्दा बढी कामदार मलेशियाको रोजगारीका लागि मलेसिया गएका छन । यस अवधिमा ७ लाख २९ हजार नेपाली कामदार मलेशिया गएका हुन ।

त्यसैगरी, नेपालबाट दोस्रो बढी कामदार कतार जाने गरेका छन । पछिल्ला पाँच वर्षमा पाँच लाख २५ हजार नेपाली कामदार कतारको रोजगारीमा गएका छन ।

त्यस्तै, तेस्रो बढी नेपाली कामदार साउदीमा अवरमा जाने गरेका छन । विभागका अनुसार पाँच वर्षे अवधिमा साउदीमा ४ लाख र संयुक्त अरव इमिरेट्स -दुवइ)मा २ लाख ४९ हजार कामदार रोजगारीका लागि गएका छन ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आव २०७६/०६८ मा देशबाट साढे ३ लाख कामदार वैदेशिक रोजगारीमा गएकोमा २०७०/७१ मा ५ लाख २७ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन । त्यसैगरी, चालू आव २०७०/०७१को ८ महिनामा ३ लाख ६४ हजार कादमार वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment