Comments Add Comment

बन्दकर्ताको ज्यादती : चालकलार्इ भित्र राखेर ट्याक्सीमा अागजनी (भिडियोसहित)

Taxi todfod (5)

श्रीधर पाैडेल

२४ चैत, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहान पाँच नबज्दै बालकुमारीमा एउटा ट्याक्सी खरानी बनाए ।अस्पताल जानुछ भन्दै ट्याक्सी रोकेका बन्दकर्ताले चालकलार्इ भित्रै राखेर अागजनी गरेका हुन् । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् ।

बिहानै अनलाइनखबरको टोली घटनास्थलमा पुग्दा प्रहरीले जलेको ट्याक्सी सडकबाट हटाउन खोजिरहेको थियो । तर, ट्याक्सी चालक निरज बानियाँकी पत्नीले प्रहरीले बाँधेको फलामे साङ्लो कुल्चिँदै भनिन्, ‘पहिले हामीलाई क्षतिपूर्ति देऊ, त्यसपछि मात्रै ट्याक्सी उठाऊ ।’

 Banda victim

पीडितले भनिन्-‘ढोका बन्द गरेर अागो लगाइदिने हो ? अरू गाडीहरू चलिरहेका छन्, हामीमाथि किन अन्याय ?’

माओवादी नेताहरुचाँहि गार्ड लिएर सुरक्षित हिँड्ने तर गरीबको गाडी ४ बजे नै जलाएर गरीखान नदिएको भन्दै पीडितले भनिन्- ‘बरु हामी परिवारका चारैजनालाई  मार ।

आफ्ना पतिको जलेको कपाल देखाउँदै उनले भनिन्- ‘ट्याक्सीभित्रै थुनेर आगो लगाएर मार्नै खोजेका त हुन् नि ।’

घटनास्थलमा भेला भएका स्थानीय भनिरहेका थिए, ‘यो त शोषक पारा भयो, गरीबमाथि अन्याय भयो ।’

Taxi todfod (3)

एयरपोर्टमा आफन्तलाई छाडेर फर्किएको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका हुन् । भाटभटेनी अगाडि आइपुग्दा दुई युवकले विरामीलाई पाटन अस्पताल लैजानु पर्‍यो भन्दै ट्याक्सी रोकेका थिए ।

चालक निरज बानियााले भने-ल बस दाई भने । एउटा ढोकाबाट निस्कियो । अर्कोले के पो ल्याएको रहेछ गाडीमा राख्यो । अर्कोले सलाई कोरेर लगायो । गाडि गुडिरहेका बेला बल्यो । म धन्न बाहिर निस्किएँ ।’

आफूलाई भित्रै राखेर आगो लगाएको बानियाँले अनलाइनखबरलाई बताए । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् ।

Taxi todfod (4)

बिहान सडकमा फाट्टफुट्ट गाडीहरु चलिरहेका थिए, पाँच नबज्दै जलाइएको ट्याक्सी अगाडि ट्याक्सी चालक बानियाँ रोइरहेका थिए ।

हेटौडा स्थायी घर भएका बानियाँले राजधानीमा ट्याक्सी चलाएर दुई छोराछोरीको पालनपोषण गर्दै आएका थिए । उनले बा १ ज १८७७ नम्बरको यो ट्याक्सी ऋण गरेर किनेका हुन् । उनी अहिले पनि किस्ता तिरिरहेका छन् ।

भिडियो हेर्नुहोस्

बिजुलीबजारमा बाइक जलाइयो 

bike fire

यसैबीच अान्दाेलनकारीले हनुमानथानस्थित भाटभटेनी नजिकै एउटा मोटरसाइकलमाथि अागजनी गरेका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमा अागजनी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment