+
+

तपाईंको विचारमा प्रचण्ड ठीक कि उपेन्द्र यादव ?

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २५ गते २२:३५

तीन दिने नेपाल बन्द फिर्ता लिने प्रचण्डको हस्तक्षेपकारी निर्णयसँगै ३० दलीय मोर्चा स्पष्ट दुई धारमा विभाजित भएको छ । आदिवासी जनजाति र मधेसवादी नेताहरुले प्रचण्डलाई धोकेबाज भन्न थालेका छन् । अर्कोतर्फ दुई दिनको नेपाल बन्द फिर्ता लिने निर्णय गरेर प्रचण्डले सही काम गरेको भन्दै नागरिक समाज र उद्योग व्यवसायीहरुले यो निर्णयप्रति खुशी प्रकट गरेका छन् ।prachanda n baburam

तपाईको विचारमा नेपाल बन्द फिर्ता लगायतका निर्णयमा एमाओवादी अध्यक्ष प्रचण्ड र विजय गच्छदारले लिएको निर्णय ठीक कि उपेन्द्र यादवहरुले लिएको अडान ठीक ?

तीन दिने हडताल फिर्ता लिएर प्रचण्डले आफूलाई जनताप्रति जवाफदेही बनाएका हुन् या आदिवासी जनजातिलाई धोका दिएका हुन् ? आफ्नो मत व्यक्त गर्नुहोला ।

१. प्रचण्डले जे गरे ठीक गरे । अब सहमतिका साथ संविधान निर्माणमा अघि बढ्नुपर्छ ।

२. उपेन्द्र यादवले भनेजस्तै प्रचण्डले जनजाति र मधेसीलाई धोका दिएकै हुन् । पहिचानको आन्दोलन जारी राख्नुपर्छ ।

३. बन्दका नाममा जनतालाई दुःख भएकोतर्फ मधेसवादी र जनजाति नेताले विचार गर्न सकेनन् । बन्द फिर्ता लिएकै निहुँमा प्रचण्डलई धोकेबाज भन्नु उपेन्द्र यादवलगायतका नेताहरुको संकीर्णता मात्रै हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment