Comments Add Comment

गजल- गाजलु यि मेरा आँखा

गाजलु यि मेरा आँखा सबै किन मन पराउछन ।

नजिक आई म सँग बोल्न पनि डराउछन ।।

कोहि भन्छन अधर राम्रो कोहि नजर राम्रो ।
टाढै बाट किन होला खालि मलाई सराउछन ।।

कोहि भन्छन मेरो हो उनि मैले मन पराउछु ।
भनाभन गर्दा गर्दै आपशमा कराउछन ।।

यत्तिकैमा पिटापिट हानाहान हुन थाल्छ ।
जब उनि समिप पुग्छु सारा झगडा हराउछन ।।

मलाई पनि मन पर्छ त्यहि बीचको एउटा ठिटो ।
थाहा छैन नानुको सिउँदो कुन चाहिँले भराउछन ।।

रजिस्मा केसी (नानु)

nanu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment