Comments Add Comment

वदलिएको समय

Sijan-Paudelसदा राम्रो काम गरी राम्रै फल आशा गर्नु

आँखा चिम्ली हात समाइ अरुमाथि भर गर्नु
लगाएको गुन साटो आफू पनि गुन खोज्नु
आफू राम्रो काम गरी राम्रै कुरा मात्र रोज्नु ।

यो त सायद इतिहासमा मात्र सिमित छ
आजकालको जमानामा यस्को उल्टो भएको छ
आजकाल टेडिएर हिँड्नु पर्छ बाँच्न चाहे
भाग्यमानी हुन्छ मानिस यदि राम्रो साथि पाए ।

साथिको त कुरै छाडौं दुश्मन बन्छ आफ्नै रगत
कस्को चाहिँ विश्वास गर्नु दुषित भयो सारा जगत
विश्वास गर्न गाह्रो मान्छ दाजु आफ्नो भाइमाथि
तर्सिएर सुत्छे पत्नी पतिसँग हुँदा राति ।

हिँड्न डर मान्छ मान्छे भएपनि कोही साथि
सबै सोंच्न थाल्छन् अनि एक्लै भए कति जाति
किन यस्तो डर त्रास सबको टाउकोमाथि रह्यो
मनिस भइ जन्मिएनी जनावरको व्यवहार भयो ।

भर विश्वास कसैको नि कसैमाथि रहेन छ
विश्वासमा चल्छ सबै भन्ने यहाँ भएन छ
विश्वासको एक त्यान्द्रो कसैसंग भेटिदैन
लाख प्रयास गर्छ मानिस तर शंका मेटिदैन ।

यस्तै शंका नमेटिदै अस्तित्व नै मेटिने भो
मानिसको शरिरमा अब पशु भेटिने भो
हामी पनि बाँचि हिँडौं होस राखी आफूभरि
रङ फेरि हिँड्ने गरौं छेपाराको जस्तैगरी
रङ फेरि हिँड्ने गरौं छेपाराको जस्तैगरी ।

– सिजन पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment