Comments Add Comment

पुरुषमाथि हुने लैंगिक हिंसा बढ्यो

२७ चैत, काठमाडौ । लैंगिक हिंसा महिलामाथि मात्र नभई पुरुषमाथि पनि हुने गरेका छन् । पुरुषमाथि हुने लैंगिक हिंसा पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनले देखाएको छ ।
men
मन्त्रालयको जनसंख्या महाशाखाले १७ स्थानमा सञ्चालन गरेको एकद्वार संकट ब्यवस्थापन केन्द्रमा परेका उजुरीमध्ये सात प्रतिशत पुरुष हिंसामा छन् । महाशाखाका अनुसार १७ केन्द्रमा यस वर्ष परेका दुई हजार ६ सय १६ वटा लैंगिक हिंसाका उजुरीमध्ये एक सय ८३ वटा पुरुषमाथि भएका हिंसाका छन्, नयाँ पत्रिकामा खबर छ ।

जनसंख्या महाशाखाले लैंगिक हिंसामा परेका ब्यक्तिलाई एकै स्थानबाट उजुरी, उपचार, मनोपरामर्श, कानून सहयोग र सुरक्षा ब्यवस्था मिलाउन भन्दै तीन वर्षअघि एकद्वार संकट ब्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको थियो । लैंगिक हिंसा बढी हुने जिल्लालाई लक्षित गरी परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको थियो ।

लैंगिक हिंसा बढी हुने जिल्लालाई लक्षित गरी परीक्षणका रुपमा सञ्चालनमा ल्याइएका केन्द्रहरु जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल र केन्द्रीय अस्पतालसम्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment