Comments Add Comment

विराटनगरमा अन्तराष्ट्रिय मैथिली कवी सम्मेलन

२८ चैत, मोरङ । मैथिली भाषा संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि संघीयतामा मैथिली टुक्राउन नहुनेमा सम्वन्धित क्षेत्रका प्राज्ञहरुले जोड दिएका छन् । संघीयतामा मैथिलीको मूल थलोलाई समेटेर संघियता बनाए मात्र यस क्षेत्रको भाषा संस्कृति संरक्षणमा टेवा पुग्ने उनीहरुको भनाई थियो ।

International-Maithili-Poetविराटनगरमा शनिबार आयोजित अन्तराष्ट्रिय मैथिली कवी सम्मेलनमा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश रंजनले संघीयताको नाममा मैथिली भाषीको मूल थलोलाई टुक्राएमा मैथिली भाषा संस्कृति कमजोर हुने दाबी गरे । भाषा संस्कृतिको संरक्षणका लागि राजनीतिक चेतना आवश्य रहेकोमा जोड दिदै उनले त्यसका लागि मैथिली भाषीहरुमा राजनीतिक सकि्रयता आवश्यक रहेकोमा जोड दिए ।

उनले कथित नेपाल एकिकरणपछि मैथिली भाषालाई अत्यन्तै कमजोर बनाइएको जिकीर समेत गरे ।

कार्यक्रममा मैथिली साहित्यकार धिरेन्द्र प्रेमर्षीले मिथिलाको मूल थलो रहेसम्म मैथिली जिवन्त रहने भन्दै यसको संरक्षणका लागि मैथिलीभाषीहरु लाग्नु पर्नेमा जोड दिए । उनले मुलुकमा दोस्रो सबभन्दा बढी बोलिने भाषा मैथिली भएपनि राज्यले उपेक्षा गुनासो गरे ।

कार्यक्रममा नेपाल र भारतका गरी १ सय बढी मैथिली भाषी साहित्यकारहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment