Comments Add Comment

मुश्लिम ब्रदरहुड प्रमुखलाई मृत्युदण्डको फैसला

२८ चैत, कायरो/एजेन्सी । इजिप्टको एक अदालतले चरमपन्थी संगठन मुश्लिम ब्रदरहुडका प्रमुख मोहम्मद बादेइ सहित १३ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।

Mohammed_Badie_1मृत्युदण्ड सुनाइएका बादेइलाई राज्यविरुद्धको अपराध गरेको आरोप लगाइएको छ । राज्य विरुद्धको अपराधको योजना बनाएको आरोप लगाउँदै अन्य १३ जनालाई पनि मृत्युदण्डको सजाय सुनाइएको हो ।

अमेरिकी मुलका इजिप्टका नागरिक मोहम्मद सुल्तानलाई ब्रदरहुडको मद्दत गरेका तथा अफवाह फैलाउनमा दोषी देखिएको भन्दै आजिवन काराबासको सजायँ सुनाइएको छ ।

अदालतले अरु ३६ जनालाई आजीवन कारावासको सजायँ सुनाएको छ । बदाई अरु पनि केही मुद्दामा दोषी रहेको बताइएको छ । उनलाई मार्चमा दोषी ठहर गरिएको थियो ।

इजिप्टमा सन् २०१३ मा राष्ट्रपति मोहम्मद मुर्सीलाई सत्ताच्यूत गरेपछि उनको ब्रदरहुड पार्टीमाथि कारबाही सुरु गरिएको थियो । त्यसलगत्तै ब्रदरहुड पार्टीका सैयौं कार्यकर्तालाई मृत्युदण्डको सजायँ सुनाइ सकिएको छ । तर अहिलेसम्म एक जनालाई मात्र मृत्युदण्ड दिइएको छ । मुर्सीको ब्रदरहुड पार्टी प्रतिबन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment