Comments Add Comment

जब पत्रकारले काखमा बच्चा लिएर अन्तर्वार्ता लिइन् …

lamia-hamdin

इजिप्टकी एक टीभी पत्रकार लामिया हामदीन काममा जाँदा आफ्नो छोरालाई सँगै लिएर गइन् । यति मात्र होइन, जब उनी कायरोको सडकमा मानिसहरुसँग अन्तरवार्ता लिइरहेकी थिइन्, उनको काखमा छोरा थियो ।

उनका यस्तै तस्वीर इन्टरनेटमा आए, केहीले उनको आलोचना गरे भने केहीले समर्थन गरे । केहीले यो काम गर्ने तरिका नभएको बताएका छन् । केहीले भने उनलाई जागिरबाट हटाउन माग गरेका छन् ।

लामियाले आफ्नो बचाउ गर्दै कामकाजी आमा भएकाले आफूले यस्तो गर्नु परेको बताएकी छन् । आफ्नो आलोचना भएकोमा असन्तुष्टि जनाउँदै उनले भनिन्-‘मेरो छोरा बिरामी थियो र मलाई धेरै काम गर्नु पनि थियो । त्यसैले मैले उनलाई नर्सरीमा गएर लिएर आएँ ।’

vittoria-and-her-mother

मानिसहरुले उनको तुलना इटलीका नेता लिसिया रानज्यूलीसँग गरेका छन् । उनी २०१० मा आफ्नो छोरीलाई लिएर काममा जान्थिन । एक समर्थकले लिमियालाई ‘आदर्श आमा’ भनेका छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment