Comments Add Comment

सुडानमा आज राष्ट्रपति र संसदीय निर्वाचन हुँदै

३० चैत, काठमाडौं । सुडानमा राष्ट्रपति र संसदीय निर्वाचन हुँदैछ । सोमबार हुने निर्वाचन मुख्य विपक्षी दलहरुले भने बहिस्कार गरेका छन् । राजनीतिक दमन भएको भन्दै विपक्षीले निर्वाचन बहिस्कार गरेका हुन् ।

विपक्षीले बहिस्कार गरेकोले वर्तमान राष्ट्रपति ओमार अल बसिर सजिलै विजयी हुने देखिएको छ ।

सन् १९८९ मा सत्ता हत्याउँदै बसिर सुडानको राष्ट्रपति बनेका थिए । विगत २६ बर्षदेखि सत्तामा रहेका बसिरले अर्थतन्त्र सुधार्ने र स्थायीत्व ल्याउने बाचा गरेका छन् ।

गत जनवरीमा सुडानको दक्षिण भाग स्वतन्त्र भएर विश्व मानचित्रमा अलग राष्ट्रमा अंकित भएपछि सुडानमा हुन लागेको यो पहिलो निर्वाचन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment