Comments Add Comment

आइफोनले गर्न सक्ने १५ अनौठा काम, जुन तपाईलाई थाहा नहुन सक्छ

हामी आइफोन दिनमा सयौंपटक प्रयोग गर्छौं, फोन गर्न, म्यासेज गर्न र तस्वीर खिच्न र इन्टरनेट चलाउन । तर, आइफोनमा तपाईको दैनिकीलाई सहज बनाउन र फोन प्रयोगको अनुभवलाई अतुलनीय बनाउन धेरै रोचक फिचरहरु राखिएको छ जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुनसक्छ । कतिपय यस्ता फिचर सेटिङ अप्सनभित्र निहीत छन त कतिपय होम स्क्रिन स्लाइड गरेर पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् आज हामी तपाईंलाई यस्तै फिचरबारे जानकारी दिंदै छौं ।

१. स्क्रिन नखोली म्यासेज रिप्लाई गर्नुहोस्

आइफोनको स्क्रिन लक नखोली पनि तपाईले प्राप्त म्यासेजको रिप्लाई दिन सक्नुहुन्छ । यसका लागि तपाईले आइफोन स्क्रिनको सवैभन्दा माथिल्लो भागबाट स्क्रिन डाउन गरि नोटिफिकेसन खण्डमा जान सक्नुहुन्छ । यहाँ तपाईले म्यासेज रिप्लाई अप्सन देख्नुहुनेछ । त्यसलाई केहीबेर थिचेपछि तपाईले रिप्लाई गर्न सक्नुहुन्छ । यसका लागि स्क्रिन अनलक गरिराख्नु पर्दैन् ।

iphone tips 1
२. कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस्

सधैभन्दा किन आइफोनको ब्याट्री चाँडो सकिइरहेको छ भन्ने थाहा पाउन चाहनुहुन्छ ? यसका लागि तपाईले सेटिङमा गएर ‘जनरल’ भित्र ‘युजेज’ अप्सन खोल्नुहोस् । त्यहाँ भित्र तपाइँले ब्याट्री युजेज अप्सन हेर्नुभयो भने कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ भन्ने प्रस्ट जानकारी दिने छ ।

iphone tips 2
३. पठाएका अडियो र भिडियो म्यासेज दुई मिनेटमै हराउने बनाउनुहोस्

तपाईंले आफ्नो साथीलाई पठाएका अडियो वा भिडियो सन्देश दुई मिनेटभित्रै नष्ट हुने बनाउन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । यसका लागि तपाईंले सेटिङभित्र म्यासेज अप्सनमा जानुभयो भने त्यहाँ अडियो र भिडियोका लागि अप्सन पाउनुहुनेछ । त्यहाँ तपाईले दुई मिनेटभित्र म्यासेज नष्ट हुने सेवा क्रियाशिल गर्ने अप्सन देख्नुहुनेछ ।

iphone tips 3

४. आफ्नो लोकेसन साथीलाई सेयर गर्नुहोस्

यदि तपाईं साथीसँग म्यासेजमा कुरा गर्दै हुनुहुन्छ र आफ्नो लोकेसनबारे नक्सासहित जानकारी दिन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । त्यसका लागि म्यासेजको सवैभन्दा माथि दाहिनेपट्टी रहेको ‘डिटेल’ अप्सन छान्नुहोस् । त्यहाँ तपाईले ‘सेण्ड माइ लोकेसन’ अप्सन छान्न सक्नुहुन्छ ।

iphone tips 4


५. आफु बसेको लोकेसनबारे साथी र परिवारलाई थाहा दिनुहोस्

यदि तपाई आफु कहाँ-कहाँ यात्रा गरिरहेको छु भन्ने सूचना आफ्ना साथी वा परिवारलाई दिन चाहानुहुन्छ भने तपाईले अघिल्लो अप्सनमा भनिएजस्तै प्रकृया फलो गर्नुहोस् । मात्र ‘सेण्ड माई लोकेसन’ को सट्टा ‘सेयर माई लोकेसन’ अप्सन छनौट गर्नुहोस् । लोकेसनको सूचना एक घण्टा, दिनभरी वा सधैभरीका लागि दिनेगरी बिकल्प सेट गर्न सकिन्छ ।

iphone tips 5


६. निश्चित ब्यक्तिको म्यासेज नआउने बनाउनुहोस्

तपाईंले कुनै खास साथीबाट निश्चित समयका लागि म्यासेज नोटिफिकेसन नआउने बनाउन सक्नुहुन्छ । त्यसका लागि तपाई म्यासेज थे्रडमा गएर ‘डु नट डिस्टर्व’ मोड अन गर्न सक्नुहुन्छ । अब सो ब्यक्तिले पठाएको म्यासेज नोटिफिकेसन तपाईको मोबाइल आउने छैन् ।

iphone tips 6


७. सामूहिक म्यासेजबाट बाहिरिनुहोस्

ग्रुप एसएमएस एकैपटक धेरै साथीमाझ पुग्नका लागि सजिलो उपाय हो तर कहिलेकाहीं यो दिक्क लाग्दो पनि हुनसक्छ । यदि तपाई यस्तो सामूहिक एसएमएस संजालबाट बाहिरिन चाहनुहुन्छ भने म्यासेज डिटेलमा गएर ‘लिभ कन्भरसेसन’ अप्सन छान्नुहोस् ।

iphone tips 7


८. ग्रुप एसएमएसको नामाकरण गर्नुहोस्

यदि तपाई कुनै खास मानिसहरुसँग साझा बिषयमा सामूहिक छलफल गर्न म्यासेज प्रयोग गरिरहनुभएको छ भने हरेकलाई म्यासेज फरवार्ड र कम्पोज गरिरहनुभन्दा ग्रुपमा पठाउन सजिलो हुन्छ । यस्तो ग्रुपलाई तपाईंले नामाकरण गर्न सक्नुहुन्छ । जस्तो कि कलेजका साथीहरुसँग एउटा ग्रुप, कार्यालय सहकर्मीसँग छलफल गर्न अर्को ग्रुप आदि । ग्रुप नामाकरणका लागि ग्रुपको डिटेलभित्र गएर सवैभन्दा माथि रहेको खाली ठाउँमा ग्रुप नेम राख्न सकिन्छ ।

iphone tips 8


९. म्यासेज फरवार्ड गर्नुहोस्

पहिलोपटक आइफोन प्रयोग गर्नेहरुका लागि सवैभन्दा दिक्क लाग्ने बिषय हो- आइफोनमा सजिलैसित म्यासेज फरवार्ड अप्सन नभेटिनु । त्यसका लागि तपाईले इनबक्समा प्राप्त एसएमएसमाथि एकछिन प्रेस गर्नुभयो भने ‘मोर’ भन्ने अप्सन देख्नुहुने छ । मोरमा थिचेपछि तपाईको म्यासेजमा ठिक चिन्ह लागेको देखिने छ र त्यसको तलतिर फरवार्ड चिन्ह देख्नुहुनेछ । फरवार्ड चिन्ह थिचेपछि नम्बर टाइप गर्ने अप्सनमा पुग्नुहुनेछ ।

iphone tips 9


१०. तपाईं कहाँकहाँ पुग्नुभयो ? नालीबेली हेर्नुहोस्

तपाईर्ं बिगत एक महिनायता कहाँ कहाँ जानुभयो ? यदि त्यसको जानकारी लिन मन छ भने आइफोनले सवै बताइदिने छ । तर, तपाईंको फोनको लोकेसन सर्भिस भने अन भएको हुनुपर्छ । यसका लागि सेटिङ अन्र्तगत प्राइभेसीभित्र लोकसेन सर्भिसमा गई फि्रक्वेन्ट लोकेसन छनौट गर्नुहोस् र हिस्टि्र सेक्सन हेर्नुहोस् । अब तपाईले कुन कुन ठाउँमा कतिपटक पुग्नुभयो सवै देख्न सक्नुहुन्छ ।
iphone tips 10


११. फोनको वास्तविक सिग्नल थाहा पाउनुहोस्

सामान्यतयाः तपाईको फोन स्त्रिmनको टपमा देखिने टावरको चिन्ह हेरेर तपाईको फोनमा कति बलियो सिंग्नल छ भन्ने थाहा पाउनुहुन्छ । तर, यस्तो सिग्नल सधै सही नहुन सक्छ । यदि तपाईले सही सिग्नल स्ट्रेन्थ थाहा पाउन मन छ भने फोन डायलरमा गएर एउटा फमूला डायल गर्नुपर्छ ।

*3001#12345#* यो नम्बर डायल गरेर कल गर्नुभयो भने एउटा विन्डो खुल्ने छ जहाँ बायाँपट्टी सवैभन्दा माथि तपाईले एउटा अंक देख्नुहुनेछ । अक्सर माइनसबाट सुरु हुने यो अंक माइनस ४० देखि माइनस १३० सम्मको रेन्जमा देखिन्छ । यदि माइनस ४० देख्नुभयो भने त्यो सवैभन्दा बलियो सिंग्नल हो, यदि धेरै अंक वा अधिकमा १३० सम्म देख्नुभयो भने त्यो सवैभन्दा कमजोर सिंग्नल हो ।
iphone tips 11


१२. फोन हल्लाउनुहोस्, म्यासेज सच्चाउनुहोस्

यदि तपाईले कुनै म्यासेज लेखिरहनुभएको छ र त्यो गल्ती भयो भने सच्चाउनका लागि सजिलो तरिका छ । फोन हल्लाउनुभयो भने यसले सोध्नेछ तपाईले अन डु अर्थात मेटन चाहानुहुन्छ भनेर ।
iphone tips 12


१३. ब्याट्रीलाई छिटो चार्ज गर्नुहोस्

आइफोनमा सामसुङमा जस्तो बुष्ट चार्जर सुबिधा छैन जसले गर्दा सामान्यतयाः अन्य फोनभन्दा आइफोन चार्जका लागि बढि समय लाग्न सक्छ । तर, तपाईले आइफोनलाई एरोप्लेन मोडमा लगेर अर्थात् फोनको सिग्नल अफ गरेर चार्ज गर्नुभयो तुलनात्मकरुपमा छिटो फोन चार्ज हुने छ ।

iphone tips 13

१४. भोल्युम बटनले फोटो खिच्नुहोस्
आइफोनमा रहेको यो सवैभन्दा आर्कषक फिचर हो जुन तपाईले थाहा नपाउनुभएको हुनसक्छ । ठूलो साइजको आइफोनबाट सेल्फी लिंदा अलिक असजिलो हुनसक्छ फाटो खिच्ने बटन थिच्न । यस्तो अबस्थामा साइडमा रहेको भोल्युम बटन थिचेर पनि सजिलोसित सेल्फी खिच्न सकिन्छ ।iphone tips 14


१५. एकैपटकमा १० वटासम्म फोटो खिच्नुहोस्

सामान्यतया गुडिरहेको बस्तु खिच्दा वा हुलमुलमा खिचेको फोटो बिग्रने डर हुँदा एकैपटक मल्टिपल सट खिच्नुपर्ने हुन्छ । सामान्यतयाः महंगा डीएसएलआर क्यामेरामा मात्र यस्ता सुबिधा उपलब्ध हुन्थे । तर, अब तपाईले आइफोनबाटै एक सेकेण्डमा १० भन्दा बढि तस्वीर खिच्न सक्नुहुन्छ । यसका लागि तपाईले फोटो खिच्ने बटन थिचिराख्नुपर्छ । ब्रस्ट फोटोका रुपमा यी तस्वीरु तपाईको मोबाइलमा सेभ हुनेछन् ।
iphone tips 15 -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment