Comments Add Comment

विश्वका साहित्यकारका रचनाहरु एउटै पुस्तकमा

३० चैत, क्यानडा । विश्वभर छरिएर रहेका सहित्यकारका रचनाहरु समेटिएको पुस्तक ‘प्रतिध्वनी भाग-२’ को लोकार्पण गरिएको छ । २९४ पृष्ठको उक्त पुस्तकमा विश्वभर छरिएर रहेका नेपाली साहित्यकारका रचनाहरू समेटिएका छन् ।

pratidhwani-2विश्वका साहित्यकारहरुको रचना संकलित उक्त पुस्तकमा कुलपति गंगाप्रसाद उप्रेतीदेखि नेपालमा रहेर साहित्य साधनामा संलग्न अन्य साहित्यकारहरूको रचनाहरु छन् । साथै अमेरिका, क्यानडा, बेलायत, जापान, मिडिलिस्ट, भारत आदि बिभिन्न ठाउँमा छरिएर रहेका साहित्यकारका रचनाहरु पनि एउटै पुस्तकमा समेटिएको छ ।

डायस्पोराको साहित्यिक गतिविधिदेखि लिएर कविताको उत्पत्ति र विकाशको बारेमा प्रकाश पारिएको उक्त पुस्तकमा वालसाहित्यको के हो र किन भन्ने बारेमा खोज गरिएको छ । वीपीको साहित्य सृजनामा अध्ययनको प्रभावकोबारेमा पनि पुस्तकमा समेटिएको छ ।

वुद्धत्व, शान्ति र पूर्वीय साहित्य र दर्शनकाबारेमा चर्चा चलाईएको छ । नेपाली साहित्यको विकाशकाबारेमा चिन्तन गरिएको छ । यूरोप र नर्थ अमेरिकाका विभिन्न ठाउँहरूलाई शव्द चित्रमा उतारेर पाठकलाई ती ठाउँहरूका मिठा क्षणहरूको अनुभूति गर्ने अवसर प्रदान गरेको छ ।

यस पुस्तकले अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा यूरोप जानेहरूका लागि जान्नै पर्ने सामाग्रीहरू प्रस्तुत गरेको प्रकाशकको दावी छ ।

गजल, मुक्तक, हाईकु, गीत र कविताले फरक फरक ठाउँ र परिवेशका वैैचारिक सौैन्दर्यहरूलाई पस्किएर डायस्पोरिक साहित्यलाई जीवन्तता प्रदान गरेको छ । नेपाल तथा डायस्पोरामा छरिएर रहेका कथाकारहरूका समसामयिक बिषयमा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर लेखिएका कथाहरूले जीवनलाई सार्थक बाटोमा डोर्याउन प्रेरित गर्ने अपेक्षा प्रकाशकको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा अटवा प्रकाशक रहेको यो पुस्तकको मूल्य नेरू ३००, यूरो ७, अमेरिका तथा क्यानेडियन डलर १० मूल्य राखिएको छ । शब्दार्थ प्रकाशन नेपाल वितरक रहेको यस कितावको वैशाख १ गते २ बजे गोल्डेनलाईट पार्टी प्यालेस मित्रपार्क काठमाण्डौमा समेत लोकार्पण कार्यक्रमको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment