Comments Add Comment

लिबिया आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

३० चैत, एजेन्सी । लिबियास्थित दक्षिण कोरियाली राजदूतावासमा अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणको राष्ट्रसङ्घीय महासचिव बान की मुनले आइतबार कडा शब्दमा निन्दा गरेका छन् ।

United Nationबानका प्रवक्ताद्वारा प्रकाशित एक विज्ञप्तिमा विदेशी कूटनीतिक नियोगहरुमा हिंसा गर्न नहुने सामान्य सिद्धान्तको उल्लङ्घन गरी जघन्य आक्रमण भएकामा महासचिवले चिन्ता व्यक्त गरिएको छ ।

सो विज्ञप्तिमा लिबियाका राजनीतिक दललाई राष्ट्रिय एकताको सरकार निर्माण गर्न सहयोग गर्न र चालु द्वन्द्वको अतिशीघ्र अन्त्य गर्नसमेत आह्वान गरिएको छ ।

लिबियामा इमान्दारीपूर्वक राजनितिक सम्बादको आवश्यकता रहेको र संयुक्त राष्ट्र सङ्घले यस कार्यमा सघाउन चाहेकोसमेत सो विज्ञप्तिमा जनाइएको छ ।

राजधानी त्रिपोलस्थित दक्षिण कोरियाली राजदूतावास परिसरमा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध आक्रमण गर्दा एक जना सुरक्षकर्मीको मृत्यु भएको थियो । उक्त घटनामा कोही पनि दक्षिण कोरियाली नागरिक भने हताहत नभएकोसमेत जनाइएको छ ।

सन् २०११ को राजनीतिक उथलपुथलका तत्कालीन राष्ट्रपति मुअमर गुद्दाफीको पतन भएपछि इन्धन उत्पादनमा ख्यातिप्राप्त उत्तर अफ्रिकी मुलुक लिबियाले सदैव राजनीतिक अस्थिरता हिंसा, हत्या र कचिङ्गल व्यहोर्दै आएको छ ।

हालका दिनमा धर्म निरपेक्षताका पक्षधर, सरकारी सेना र इस्लामी सशस्त्र विद्रोहीका बीचमा दोहोरो भिडन्तले मुलुकलाई ठप्प पारेको छ ।

गत सेप्टेम्बर महिनादेखि संयुक्त राष्ट्रसङ्घले लिबियाका विपक्षी दल, सरकार र इस्लामि सशस्त्र विद्रोहीका प्रतिनिधिबीच सार्थक वार्ता गराउन धेरै पटक पहल गरे तापनि यसले कुनै ठोस नतिजा निकाल्न नसकेकाले क्षणिक सहमति भए तापनि दोहोरो भिडन्त र झडप नरोकिएकोसमेत जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment