Comments Add Comment

बैठक छाडेर ओली धरहरा चढ्न हिँडेपछि एमाओवादीको आपत्ति

३० चैत, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको शीर्ष नेताहरुको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकोमा एमाओवादीले असन्तुष्टि व्यक्त गरेको छ ।

KP Oli at Dharahara 1

  • धराहरामा एमाले अध्यक्ष केपी अोली

एमाले अध्यक्ष ओली प्रमुख दलहरुको बैठक छाडेर धरहरा चढ्न गएपछि प्रमुख विपक्षी एमाओवादीले असन्तुष्टि जनाएको हो । ‘ओली कमरेड बैठकमा अनुपस्थित हुनुले उहाँहरु सहमतिप्रति गम्भिर हुनुहुन्न भन्ने देखियो’-एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने ।

तर, एमाले उपाध्यक्ष भीम रावलले भने अध्यक्ष ओलीको पूर्वनिर्धारित कार्यक्रम भएकाले आफूलाई सबै अधिकार दिएर हिँडेको बताए । ‘एमालेबाट अध्यक्ष कमरेडले मलाई सबै अधिकार दिनुभएको हो, उहाँ नभएर बैठक निष्कर्षविहीन भएको भन्ने कुरा गलत हो’-रावलले भने ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा ९ दलको बैठक बसेको थियो । बैठकमा नेम्वाङले सहमतिका लागि दलहरुलाई तीन महिना समय दिँदा पनि अझै हुन नसकेको भन्दै के कुरा नमिलेको हो प्रष्ट बताउन आग्रह गरेका थिए ।

धरहराबाट नियाल्दै केपी अोली
धरहराबाट नियाल्दै केपी अोली

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमति भएरमात्र संविधानसभा बैठकको मिति तोक्नु राम्रो हुने भन्दै बैशाख ६ मा बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरे ।

बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नयाँ वर्षसँगै नयाँ क्यालेन्डर बनाएरै संविधान निर्माण तथा सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।

दलहरुबीच बैशाख ६ अघि वार्ता अघि बढाउने र संघीयताका प्रदेशको संख्या र पाँच जिल्लाको विवाद टुंगो लगाउने विषयमा छलफल भएको नेताहरुले बताए ।

बैठकमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा, राप्रपा लगायतका दलहरुको सहभागिता थियो ।

याे पनि पढ्नुहाेस्

संविधानसभा बैठक बैशाख ६ सम्म स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment