Comments Add Comment

राष्ट्रपतिलाई भेट्न जहाजको पांग्रामा बसेर २ घण्टा उडान (भिडियो सहित)

planeआफ्नो मायालुलाई भेट्न मानिसलाई ठूलै जोखिम मोलेको कुरा त सुनिएकै थियो । तर एकजना युवकले भने राष्ट्रपतिलाई भेट्नका लागि सायद दुनियामै अहिलेसम्मकै ठूलो जोखिम मोलेका छन् ।

सुन्दै अनौठो तथा डरलाग्दो लाग्ने घटना भएको छ इण्डोनेसियामा । एकजना युवकले आफ्नो ज्यान नै बाजी थापेर हवाइजहाजको पांग्रामा लुकेर २ घण्टासम्म आकाशमा उडेका छन्, राष्ट्रपतिलाई भेट्न जाने भन्दै ।

सायद जहाज चढ्ने तिब्र आकांक्षा भएको तर खल्तीमा रकम नभएको बाध्यताले उनलाई यस्तो जोखिम मोल्न बाध्य बनाएको हुनुपर्छ । २१ वर्षका मारियो स्टेभेन अम्बारिटा नामका युवकले आकाशको हाइ अल्टिच्युड र सरीर नै जम्ने खालको निकै नै कम तापक्रमलाई जित्दै जहाजको पांग्रामा बसेर उडान भरे ।

सुमात्रा टापुबाट उडेको गरुडा इण्डोनेसिया एयरलाइन्सको जहाज जकार्ता एयरपोर्टमा ओर्लने बित्तिकै त्यसको पांग्राबाट एकजना व्यक्ति खसेको देखेपछि देखेपछि सबै आत्तिए र आश्चर्यमा परे । पछि पो थाहा भयो ती व्यक्ति त जहाज सुमात्राबाट उड्नु अघि नै जहाजको पछिल्लो पांग्राको माथिल्लो भागमा लुकेर बसेका रहेछन् र पांग्रामै बसेर जकार्ता आइपुगेछन् । सुमात्राको विमानस्थलमा जहाज पार्किङमै रहेको बेला उनले विमानस्थलको साढे २ मिटर अग्लो काँडेतार नाघेर विमानस्थल भित्र छिरी लुसुक्क जहाजको पंाग्रामा चढेर लुकेका रहेछन् ।
उनको कानबाट रगत बगिरहेको थियो र जिउका अन्य भागबाट समेत रगत बगेको थियो । उनलाई त्यहाँबाट तत्कालै उठाएर अस्पतालमा लगियो । उपचारपछि उनलाई प्रहरीले पक्रिएर हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार उनले आफ्नो बयानका क्रममा आफुले राष्ट्रपति जोको विडोडो ‘जोकोवी’ लाई भेट्न चाहेका कारण त्यसो गरेको बताए ।
उनले हवाइजहाजको पांग्रामा लुक्ने यो धृष्टता झ्वाट्टै लिएका भने रहेनछन् । समाचार अनुसार उनले झण्डै एक वर्षसम्म हवाइ जहाजको उडान, अवतरणको अध्ययन गर्नुका साथै पांग्ा्रामा कसरी सुरक्षित साथ लुक्न सकिने ठाउँ हुन्छ ? भन्ने विषयमा इन्टरनेटमा खोजी गरिकन अध्ययन गरेका रहेछन् । उनले यसअघि पनि सित्तैमा जहाज चढ्ने असफल प्रयास गरेका रहेछन् ।-रोयटर्स

यस्तो छ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment