Comments Add Comment

सरकारी किताब भन्छ, किम जोङले ३ वर्षमै कार गुडाए

kimउत्तर कोरियाली शासक किम जोङ अन विश्वकै एक असाधारण तथा किर्तिमानी व्यक्ति हुन् । किनभने उनले ३ वर्षकै उमेर गाडी कुँदाएका थिए ।

तिन वर्षको उमेरमा गाडी कुँदाउने ? सायद खेलौना गाडी होला, भन्ने सोँच्नुहोला । तर होइन । किमले साँच्चीकै गाडी कुँदाएका रहेछन् ३ वर्षको दुधे बालक छँदा नै ।

यद्यपि यो पत्याउन सकिने कुरा होइन, तर उत्तर कोरियाको सरकारले प्रकाशित गरेको पुस्तकमै यस्तो दाबी गरिएपछि नपत्याइ सुखै छ । शिक्षकहरुको लागि निर्देशिका भनेर प्रकाशित गरिएको उक्त पुस्तक उत्तर कोरियाका हरेक विद्यालयहरुमा वितरण गरिएको मात्र छैन, यो कुरा सख्त रुपमा विद्यार्थीहरुलाई सिकाउन शिक्षकहरुलाई उर्दी समेत जारी गरिएको छ ।

विद्यार्थीहरुलाई आफ्ना नेताका उल्लेखित बहादुरीहरु घोकाउन भनिएको छ ।

किम जोङ अनका क्रान्तिकारी कार्यहरु शीर्षकमा उक्त पुस्तकमा किमका विषयमा विभिन्न अविश्वसनीय नयाँ तथ्यहरु प्रस्तुत गरिएको छ, जसमध्ये धेरै हावादारी लाग्छन् । पुस्तकमा लेखिए अनुसार किमले ३ वर्षकै छँदा कार चलाउन सक्थे ।

अझ अर्को रोचक दाबी पनि छ । आफु नौ वर्षको छँदा किमले डुंगा दौडाउने प्रतियोगितामा विदेशी पानी जहाज कम्पनीका प्रमुख कार्यकारीलाई समेत पराजित गरेका रहेछन् ।

किम जोङ अनका बुवा किम जोङ इलका विषयमा समेत यस्तै रोचक तथ्यहरु दिइएकेा हफिन्टन पोष्टले जनाएको छ । जस अनुसार उनल पहिलोचोटी गल्फ खेल्दा एघारै चोटी प्वालमा सही निसाना लगाएका थिए र त्यसपछि कहिल्यैपनि दोश्रोपटक गल्फ खेलेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment