Comments Add Comment

जाजरकोटमा थप एकको मृत्यु, मृतकको संख्या १७ पुग्यो

२ बैशाख, जाजरकोट । जाजरकोटमा फैलिएको महामारीबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बुधबार बिहान टालेगाउँका एकको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको हो । टालेगाउँ गाउँ विकास समिति वडा नम्बर सातका ६५ वर्षका दलबहादुर शाहीको मृत्यु भएको हो ।

टालेगाउँमा एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई साधारण रुघाखोकीको औषधी दिइएको छ । नेपाली सेनाका प्रणय कार्की नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली आज पुग्ने प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

प्रजिअ बस्नेतका अनुसार थप औषधी पठाउन केन्द्रलाई भनिएको छ भने, आजै जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक बोलाइएको छ ।

बैठकमा मिसन अस्पताल चौरजहारी रुकुम र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट स्वास्थ्यकर्मी मगाउने विषयमा छलफल हुनेछ ।

झन्डै दुई हप्तादेखि फैलिएको महामारीका पीडितहरु मध्ये १२ जनाको स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ । जसमध्ये तीन जनामा भने स्वाइन फ्लुका जीवाणु भेटिएका छन् । अन्यको भने रिर्पोट आउन बाँकी छ ।

महामारी जाजरकोटको पैक, अर्छानी, नायकबडालगायतका गाविसमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment