Comments Add Comment

लुम्बिनीमा सडक खाना महोत्सव सुरु

२ वैशाख, लुम्बिनी । नेपाली कला संस्कृति र खानालाई विश्वमाझ चिनाउने उद्देश्यले लुम्बिनीमा सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमा रमाऔं’ भन्ने नारासहित मङ्गलबार उद्योग व्यापार सङ्गठन लुम्बिनी तथा होटल तथा रेष्टुरा व्यवसायी संघको आयोजनामा पर्सा बजारमा महोत्सव सुरु भएको हो ।

महोत्सवमा आकर्षणका रुपमा विविध सांस्कृतिक कार्यक्रममा स्थानीय बिराहा नाच, बि बोईंग डान्स, नृत्य प्रतियोगिता रहने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय विभिन्न परिकारका खाना, भारतीय, चाइनिज, थाईलगायत विभिन्न देशका खानाका परिकारको कक्ष रहेको सङ्गठनका अध्यक्ष कृष्णबहादुर गुरुङ (अनिल)ले जानकारी दिए ।

लुम्बिनी सडक महोत्सवबाट लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने बुद्धमाया होटल प्यालेसका सञ्चालक मेगनाथ आचार्यले जानकारी दिए ।

महोत्सव उद्घाटन कार्यक्रममा प्रहरी प्रमुख राजेन्द्र ढकाल, सङ्गठनका रुपन्देही अध्यक्ष खिमबहादुर खत्री, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, होटल तथा रेष्टुराँ व्यवसायी संघका रामचन्द्र रेग्मीलगायतले लुम्बिनीको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment